रसुवामा यातायात व्यवसायीले घटाए भाडादर

डिसी नेपाल
१० कार्तिक २०७८ १८:११

काठमाडौं ।रसुवा जिल्ला प्रशासन कार्यालयले आजदेखि सार्वजनिक यातायातको भाडादर घटाएको छ । सरकारले वृद्धि गरेको २३ प्रतिशतमा जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा दर सात प्रतिशतले घटाइएको हो ।

जिल्ला प्रशासन कार्यालय रसुवा र यातायात व्यवसायीबीचको छलफलपछि सात प्रतिशत भाडा दर घटेको हो । सरकारले २३ प्रतिशत भाडा बढाएपछि यहाँका यातायात व्यवसायीले पनि १ कात्तिकदेखि रसुवाबाट काठमाडौँसम्मको भाडा ८१७ रुपैयाँ लिँदै आएका थिए ।

यसअघि यातायात व्यवसायीले लिइरहेको भाडामा ८७ रुपैयाँ घटाइएको रसुवाको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । प्रशासनको आग्रहमा भाडा दर घटेपछि अहिले रसुवाबाट काठमाडौँको भाडा ७३० रुपैयाँ कायम भएको छ । नयाँ भाडा दर बुधबारबाटै कायम गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *