उद्योग वाणिज्य सङ्घ मकवानपुरको अध्यक्षमा गुप्ता

डिसी नेपाल
१० कार्तिक २०७८ १९:३७

काठमाडौं ।उद्योग वाणिज्य सङ्घ मकवानपुरको अध्यक्ष पदमा कृष्णकुमार गुप्ता (अग्रवाल) एक हजार २४६ मत प्राप्त गरी विजयी भएका छन् ।

गुप्ताले एक हजार २४६ मत प्राप्त  गर्दा उनका प्रतिप्रधि न्यौपानेले १ हजार २ सय ४६ मत प्राप्त गरेका थिए । सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका राजकुमार न्यौपानेलाई पराजित गर्दै अग्रवाल विजयी भएको सङ्घले जनाएको छ ।सङ्घको ५४/५५औँ साधारणसभा तथा अधिवेशनवाट गुप्ता तीन वर्षे कार्यकालका लागि विजयी भएका हुन्।

गुप्ताको प्यानलबाट वाणिज्यतर्फको उपाध्यक्ष पदमा अनिल अग्रवाल र उद्योगतर्फको उपाध्यक्ष पदमा प्रमोदसिहं रानाभाट विजयी भएका छन्। त्यस्तै वस्तुगत उपाध्यक्ष पदमा राजु अधिकारी र एशोसिएट उपाध्यक्ष पदमा उज्ज्वल चौलागाईं विजयी भएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *