५९१ संक्रमित थपिए, २ जनाको मृत्यु

डिसी नेपाल
११ कार्तिक २०७८ १७:०७

काठमाडौं।आज ५९१ जना संक्रमित थपिएका छन्। ११ हजार ३५५ जनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये काठमाडौंमा १५७, भक्तपुरमा १२ र ललितपुरमा ३० जना रहेका छन् । सोही अवधिमा ६६४ जना संक्रमणमुक्त भएका छन् भने २ जना संक्रमितको मृत्यु भएको छ।  हाल देशभर कोरोना निको हुनेदर ९७.३ प्रतिशत रहेको छ । आजको दिनमा सक्रिय संक्रमितको संख्या १० हजार २३६ छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख १ हजार ४७५ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *