आगामी निर्वाचनमा नेपाली काँग्रेसको कुनै पनि दलसँग गठवन्धन हुँदैनः कोइराला

डिसी नेपाल
११ कार्तिक २०७८ १७:१५

चितवन । आगामी निर्वाचनमा नेपाली काँग्रेसको कुनै पनि दलसँग गठवन्धन नहुने नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले बताएकी छन् ।

आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘गठवन्धनका विषयमा कुरा उठेको छैन । काँग्रेस एक्लै निर्वाचन लड्नुपर्छ ।’ काँग्रेस ऐतिहासिक पार्टी भएकाले यस विषयमा छलफल गरेर मात्र निर्णय लिनुपर्ने उनको भनाइ छ ।

फरक प्रसङ्गमा उनले काँग्रेसको महाधिवेशन तोकिएको समयमै हुने बताइन । उनले भनिन, ‘सभापतिले अब अधिवेशन समयमा नै हुन्छ भन्नुभएको छ । विश्वास गर्नुपर्यो । समयमा नै अधिवेशन हुनुपर्छ ।’ महाधिवेशनमा आफ्नो उम्मेदवारी के हो भन्ने विषयमा उनले आफू छलफलमै रहेको बताइन ।

राजनीतिमा परिवारभन्दा पनि विचार कोसँग मिल्छ भन्ने कुरा ठूलो रहेको बताउँदै उनले आफ्नो उम्मेदवारी समय आएपछि मात्र जानकारी दिने बताइन् ।काँग्रेसभित्रको गुटबन्दी अन्त्य गर्दै आम निर्वाचन लक्षित हुनु आवश्यक रहेको पनि उनले बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *