एक वर्षका लागि जनसरकार प्रमुख, डेढ वर्षका लागि सामाजिक विकास मन्त्री

डिसी नेपाल
११ कार्तिक २०७८ १७:३०

हेटौंडा । १६ वर्षमा ‘जनयुद्ध’मा होमिएकी नेकपा माओवादी केन्द्रकी नेतृ कुमारी मोक्तान बाग्मती प्रदेशको सामाजिक विकास मन्त्री बनेकी छिन् ।

नेकपा माओवादी केन्द्रबाट मकवानपुर २ (क) मा प्रदेशसभा सदस्य निर्वाचित मोक्तान यसअघि दुई पटक सांसद भइसकेकी छिन् । उनी १३ हजार ८९ मतको फराकिलो अन्तरले प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

तत्कालिन नेकपा माओवादी शान्ति सम्झौतामार्फत संसदीय राजनीतिमा आएपछि २०६३ सालमा मोक्तान संसद सदस्य मनोनित भएकी थिइन् । उनी २०६४ सालमा मकवानपुर ४ नम्बर निर्वाचन क्षेत्रबाट संविधानसभा सदस्यमा पनि निर्वाचित भएकी थिइन । हाल नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज मोक्तान माओवादी केन्द्र बाग्मती प्रदेश संसदीय दलको उपनेता हुन् ।

मोक्तान २०५६ सालमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको अध्यक्ष हुँदा हेटौंडाको बुद्ध चोकबाट पक्राउ परेकी थिइन् । एक वर्ष जेल सजाय बिताएकी उनी २०५८ सालमा तत्कालिन नेकपा माओवादीको जिल्ला जनसरकार प्रमुख, २०५९ सालमा जिल्ला सेक्रेटरी भएकी थिइन् । मोक्तान २०६४ सालमा मकवानपुर इन्चार्ज भएकी थिइन् ।

हेटौंडा–१३ पदमपोखरीस्थित ठुल्थलीमा जन्मिएकी ४२ वर्षीया मोक्तानका तीन दिदीबहिनी र दुई भाइ छन् । मोक्तान दश वर्षको हुँदा उनको बुवाको निधन भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *