फेसबुकले गर्‍यो नाम परिवर्तन

डिसी नेपाल
१२ कार्तिक २०७८ ८:५३
1.4k
Shares

न्युयोर्क । फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ। फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरवर्गले कम्पनीले नाम परिवर्तन गरेर मेटा राखिएको जानाकारी दिए। मेटार्भसमा जोड दिने उदेश्यले कम्पनीको नाम पनि परिवर्तन गरेको उनले बताए। ‘आजदेखि हामी मेटार्भस हुँदैछौं, फेसबुक होइन्,’ बिहीबार कम्पनीको बार्षिक सम्मेलनलाई सम्बोधन गर्दै जुकरवर्गले भने।

‘हाम्रो ब्रान्ड यति दृढ रुपमा एउटा उत्पादनसँग सम्बन्धित छ की यसले हामीले आज गरेका सबैकुरा प्रतिनिधित्व गर्न सम्भव हुँदैन। यो सबै भविष्यलाई छोड्दिउँ,’ उनले भने।

फेसबुकको लक्ष्य डिजिटल अवतारमार्फत मानिसहरुले छलफल गर्ने भर्चुवल क्षेत्रलाई विस्तार गर्ने भए पनि कम्पनीले तत्कालै आफ्नो कार्पेरेट संरचनामा भने कुनै परिवर्तन नगर्ने भएको छ।

कम्पनीले आफ्नो टिकर संकेत एमभीआरएसमा व्यापार गर्ने भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *