सिसडोलमा फोहर व्यवस्थापन कार्य कठिन बन्दै

डिसी नेपाल
१२ कार्तिक २०७८ २१:२५

काठमाडौं ।लामो समयदेखि फोहर वयवस्थापन गरिदैँ आएको सिसडोलमा आगामी दिन थप कठिन हुने भएको छ । उक्त स्थानमा विगत १४ वर्षदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन हुँदै आएको छ ।

कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठसहितको टोली आज सिसडोलको स्थलगत अनुगमनमा पुग्दा आगामी दिनमा समस्या थपिने देखिएको बताए । उक्त स्थानमा यस अघि पनि पटक–पटक फोहरको ढिस्कोलाई माटोले पुरेर व्यवस्थापन गरिएको थियो । आउने दिनमा त्यो अवस्था नरहेको प्रमुख श्रेष्ठको भनाइ छ ।

सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधिन दीर्घकालिन ल्याण्डफिल साइटको काम अझै पुरा नहुँदा थप समस्या भएको कामपाको भनाइ छ । साघुरो ठाँउ लामो समयसम्म फोहर व्यवस्थान गर्दा हरेक वर्ष वर्खाको समयमा समस्या आउने गरेको छ भने स्थानीयबासीले पनि समय समयमा अवरोध गर्दै सिसडोलको विकल्प खोज्न दबाब दिइरहेका छन् ।

निर्माणाधिन बञ्चरेडाँडाको काम एक वर्षमा सम्पन्न गर्ने भन्दै २०७६ वैशाखबाट शुरु गरेपनि हालसम पहिलो सेलको मात्र काम सकिएको छ । दीर्घकालिनरुपमा फोहर राख्ने स्थानको समस्या भएको भन्दै कामपाले निर्माणको काम सक्दो छिटो सकेर हस्तान्तरण गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *