के माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच मिलापत्र हुन्छ ?

विजयप्रसाद मिश्र
१३ कार्तिक २०७८ २०:०२

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले शनिवार सर्लाहीमा आयोजित एक कार्यक्रममा जनता समाजवादी पार्टीसंग एकता गर्ने प्रस्ताव राखेका छन् । यसको उत्तर दिने पालो अब जनता समाजवादी पार्टीको छ । माओवादी केन्द्रमा त प्रचण्डले भनेपछि कसैलै चाईँचुईँ गर्दैनन् । जसपामा उपेन्द्र यादव एक्लैले वा डा. बाबुराम भट्टराईले एक्लैले भनेर उनीहरुबीच सबै नेताले मान्दछन् भन्ने छैन । दुईपार्टीको एकताका लागि पटक पटक कोठे बैठक बसेका छन् । जसपा भित्र धेरै खाले गुटउपगुट भएकाले प्रचण्डले भनेजस्तो तत्काल उनीहरुबीच एकता भैहाल्ने स्थिति भने देखिएको छैन ।

जसपाबाट पार्टीको नाम आफ्नै राखौं भन्ने प्रस्ताव आएका प्रचण्डले के गर्ने ? आउन अर्थात दुबै पार्टी बीच एकता हुने भए पार्टीको नाम के राख्ने त ? जसमा माओवादी केन्द्र नाममा सहमत हुन सक्दैन र माओवादी केन्द्र जसपासंग पाइल जाने कुरै भएन । त्यसो भए के हुन सक्दछ त ?

प्रचण्डले एकताको प्रस्ताव गर्दा नै जसपा पार्टीलाई क्षेत्रीय पार्टी भएको उपमा भिडाएका छन् । जुनकुरा जसपाका अधिकांश नेताहरु मान्न तयार छैनन् । जसपा पार्टीभित्र गोरखाका डा. बाबुराम भट्टराईदेखि कहिले खोटाङ्, कहिले उदयपुर र कहिले सुनसरीको हुनसक्ने हैसियत राखेका अशोक राईका नेतृत्वमा धेरै पहाडी र हिमाली क्षेत्रका मानिसहरु र मधेसकै पहाडेमूलका मानिसहरु सक्रिय रहेका छन् । यस आधारमा उनीहरुले आफूलाई राष्ट्रिय पार्टी नै भनिरहेका छन् । तर झुक्किएर हो

वा हेपेर हो प्रचण्डले सर्लाहीको शनिवारकै कार्यक्रममा जसपा पार्टीलाई अपमान गरेर तर्कहरु राखेको पाइएको छ । पहिलो तर्क क्षेत्रीय पार्टी भन्नु र दोस्रो तर्क जसपा पार्टी मिल्न आएमा उनीहरु मध्ये उपेन्द्र यादव, महेन्द्र राय यादव लगायतलाई उचित स्थान दिने । भनेपछि प्रचण्डले उचित स्थान दिने भएपछि यो दुबै पार्टीको एकताको कुराभन्दा पनि नेकपा माओवादी केन्द्रमा उक्त पार्टी विलिन गराउने कुरा आयो । यस आधारमा जनता समाजवादी पार्टीसंग प्रचण्डको अहिले रहेको सम्बन्ध झन विग्रन सक्ने देखियो ।

जसपाबाट पार्टीको नाम आफ्नै राखौं भन्ने प्रस्ताव आएका प्रचण्डले के गर्ने ? आउन अर्थात दुबै पार्टी बीच एकता हुने भए पार्टीको नाम के राख्ने त ? जसमा माओवादी केन्द्र नाममा सहमत हुन सक्दैन र माओवादी केन्द्र जसपासंग पाइल जाने कुरै भएन । त्यसो भए के हुन सक्दछ त ?

हुन त प्रचण्डको मधेसमा गएर मधेस र मधेसीकै पक्षमा कुरा गर्ने बानी छ । त्यसैले मधेसमा बहस होस र जताजतै प्रचण्डले मधेसी दलसंग एकता गर्ने प्रस्ताव राखेको कुरा गाउँगाउँमा चर्चा भएपछि नयाँ संगठन विस्तार गर्दै हिडेका माओवादीहरुलाई देशभर एउटा नयाँ कुरा भन्ने आधार प्राप्त भएको छ ।

यसले जसपा माओवादीसंग मिल्दैछ भन्ने हल्ला गरेर मधेसमा कता जाऊ ? कता जाऊ ? भनेर दोधारको स्थितिमा रहेका वा पहिले माओवादी भएर पछि मधेस केन्द्रित दलमा गएका मधेसका बामपन्थीहरुलाई माओवादी तर्फ आकर्षित गर्न प्रचण्डको यो प्रस्तावले सहयोग गर्नेछ ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव स्वयं बामपन्थी भूमिकाबाट मधेसी जनअधिकार फोरम हुँदै जसपामा पुगेका हुन् । उनलाई उपेन्द्र यादवको रुपमा परिचित गराइदिने पनि माओवादीहरु नै हुन् । नेकपा माओवादी भूमिगत कालमा छँदा मधेसमा माओवादीको नामबाट संगठन गर्न सकिदैन भनेर माओवादी कै रणनीति अन्तर्गत विसं २०५४ सालमा मधेसी जनअधिकार फोरमको गठन भएको थियो । यसमा मधेसका बामपन्थी बुद्धिजिवीहरुलाई संलग्न गराइएको थियो । जसको पहिलो कमिटी बनाउँदा माओवादीका केन्द्रिय सदस्यहरुको उपस्थिति थियो ।

आज त्यही आफूले जन्माएको पार्टी विभिन्न आरोह अवरोह पारगर्दै जसपा बन्न पुगेको छ । जसलाई प्रचण्डले माओवादी मै बिलय गराउन चाहेका छन् । आफैले जन्माएको सन्तानमा हकदावी गर्न प्रचण्डले पाउँछन् । तर जन्माएको सन्तानसंग केकस्ता बैरी काम गरेका छन् प्रचण्डले त्यो पनि हेर्न, विश्लेषण गर्न जरुरी छ ।

माओवादीकै भातृसंगठन जस्तै पारामा गठन गरेको मधेसी जनअधिकार फोरमको विकल्पमा प्रचण्डले मधेसी राष्ट्रिय मुक्ति मोर्चा बनाएका थिए जसमा फोरमलाई विलय गर्न चाहे । तर उपेन्द्र यादव उक्त मोर्चाको संयोजक बन्न बोलाएको स्थानमा नगएपछि माओवादीले फोरममा भएका आफ्ना सबै नेता कार्यकर्ताहरुलाई त्यसबाट निकाले । त्यसको लगतै जनमोर्चा नेपालले समेत फोरममा रहेका आफ्ना नेता कार्यकर्ताहरुलाई बाहिर निकाल्यो । त्यसपछि उपेन्द्र यादवले नेतृत्व गरेको मधेसी जनधिकार फोरमलाई पुर्नजिवन दिने काम सप्तरी जिल्लाका मधेसी मुद्दामा लडीरहेका केही नेताहरुले गरेका थिए ।

पुष्पकमल दहाल प्रचण्डले पहिलो पटक मधेसी जनअधिकार फोरमलाई टुहुरो बनाइदिएपछि पटक पटक हमला गरेका छन् । माओवादीले मधेसीमूलका मानिसहरुमाथी पनि आक्रमण गर्नथालेपछि मधेसीहरु आत्मरक्षाका लागि माओवादीको विरुद्धमा लागे । जसले रौतहट, सर्लाही तिर मधेसी मुक्ति टाइगर्स जन्माएको थियो भने सिरहा सप्तरी तिर जनतान्त्रिक तराई मुक्ति मोर्चा जन्माएको थियो । दुबैको नेतृत् वगर्ने माओवादी पार्टीबाटै विद्रोह गरेर आएका थिए ।

उता मधेसी जनअधिकार फोरमको नेतृत्वमा मधेस आन्दोलन भएपछि लहानमा माओवादीका नेता कार्यकर्ता र मधेसी जनअधिकार फोरमका कार्यकर्ताहरु आमनेसामने भएर कुटाकुट गरे माओवादीको गोलीलागेर एकजना मधेसीमूलका विद्यार्थी रमेश महतोको हत्या भएपछि मधेसीहरुले खोजी खोजी माओवादीको उठीबास लगाउन थाले । यसले उपेन्द्र यादले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम र प्रचण्डले नेतृत्व गरेको माओवादीबीच पानी वाराबारको स्थिति भयो ।

उता मधेसी जनअधिकार फोरमको नेतृत्वमा मधेस आन्दोलन भएपछि लहानमा माओवादीका नेता कार्यकर्ता र मधेसी जनअधिकार फोरमका कार्यकर्ताहरु आमनेसामने भएर कुटाकुट गरे माओवादीको गोलीलागेर एकजना मधेसीमूलका विद्यार्थी रमेश महतोको हत्या भएपछि मधेसीहरुले खोजी खोजी माओवादीको उठीबास लगाउन थाले । यसले उपेन्द्र यादले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम र प्रचण्डले नेतृत्व गरेको माओवादीबीच पानी वाराबारको स्थिति भयो ।

माओवादीले उपेन्द्र यादवले भारतमा मातृका यादव र सुरेश आलेमगरलाई पक्राऊ गर्न सुराकी गरेको आरोपमा उपेन्द्र यादवकै हत्या गर्ने निर्णय समेत गरेको थियो । अझ गौर हत्या काण्डमा फोरमको नेतृत्वमा माओवादीका लडाकूहरुलाई खोजी खोजी, सामुहिक रुपमा हत्या गरिएको मुद्दा अझै अदालतमा छ ।

मधेसी जनअधिकार फोरम हुँदै अहिले जसपा भएको पार्टीको एउटा हस्ती डा. बाबुराम भट्टराई हुन जसलाई गोर्खाबाट हराउनका लागि प्रचण्डले नारायणकाजी श्रेष्ठलाई उठाएका थिए । धन्न नेपाली कांग्रेसको साथ र सहयोग पाएर उपेन्द्र यादव र डा. भट्टराईले सांसदमा जित्न पाएका हुन । नत्र माओवादीले त दुबैलाई थाङ्नामा सुताउन खोजेकै हो । यी सबै कुराहरु उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले विर्सिन सक्दछन् त रु पक्कै विर्सेका छैनन् ।

प्रचण्ड भरोसा गर्ने पात्र होइनन् भन्ने सबैले थाहा पाइसकेका छन् । शनिवार सर्लाहीमा प्रचण्डले जे भने त्यसलाई माथीका घटनाहरुलाई हेर्दा जसपा र माओवादी केन्द्रको एकता हुन सक्ने कुनै सम्भावना देखिदैन । अझ बाबुराम भट्टराईले क्यान्टनमेन्टको रकम भ्रष्टचार गरेकोले मैले माओवादी छोडेको भनेर सार्वजनिक रुपमा नै भनेका छन् । भनेपछि उनी पनि कुन मुखले मिल्न जान्छन् त ?

प्रचण्ड बोल्न सिपालु छन् । सिरहाबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दा होस वा मधेसको कुनै आमसभामा गएर भाषण गर्दा होस बेला बेलामा ‘मेरो मधेससंग लभ परेको छ’ भन्ने गरेका थिए । शनिवारको सर्लाहीको अभिव्यक्ति पनि लगभग मधेससंग लभ परेजस्तै गरी आएको थियो । तर उनले भनेजस्तै गरी जनता समाजवादी पार्टीले माओवादी केन्द्रसंग एकता गरेर जान्छ त ? अहिले मधेसमा यसको जोडघटाऊ शुरु भएको छ ।

सर्लाहीको कार्यक्रममा आफूसंगै रहेका जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘म महेन्द्रजीलाई पनि भन्छु पार्टी एकता गरौं, ढुक्कै । क्षेत्रीय पार्टी बनाएर किन बस्ने ?’ उनको यो भनाईलाई महेन्द्र राय यादवले सकारात्मक रुपमै लिएको हुन सक्दछ किनकी एक समयमा मधेसका यादव समुहका रुपमा चिनिएका मातृका प्रसाद यादव, सिरहाका हेमनारायण यादव र सर्लाहीका महेन्द्र राय यादवबीच तालमेल भएर माओवादीसंग विशेष सम्बाद हुने गरेको थियो । महेन्द्र राय यादव सर्लाहीबाट एमाले पार्टीबाट सांसद भएका व्यक्ति हुन भने हेमनारायण यादव सिरहाबाट एमालेबाट सांसद भएका व्यक्ति हुन् ।

प्रचण्डले त्यही पुरानो मित्रता नमिकरण गर्न सकिन्छ की भनेर महेन्द्र राय यादवलाई पुल्पुलाएका हुन सक्छन् । तर के महेन्द्र राय यादव सिंगो पार्टी एकता नभएपनि एक्दै चोइटिएर माओवादीमा जान सक्छन् त रु आखिर उनको पुरानो थलो त एमाले र माओवादी मिक्स नै हो ।

हेम नारायण र महेन्द्र राय यादव एमाले भएपनि स्थानीय रुपमा माओवादीसंग निकट भएर काम गरिरहेका विभिन्न घटनाहरुले तत्कालिन अवस्थामा पुष्टी गरेको थियो । प्रचण्डले त्यही पुरानो मित्रता नमिकरण गर्न सकिन्छ की भनेर महेन्द्र राय यादवलाई पुल्पुलाएका हुन सक्छन् । तर के महेन्द्र राय यादव सिंगो पार्टी एकता नभएपनि एक्दै चोइटिएर माओवादीमा जान सक्छन् त रु आखिर उनको पुरानो थलो त एमाले र माओवादी मिक्स नै हो ।

अर्को तर्फ प्रचण्डले जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि आफूलाई राम्रोसँग चिन्ने भन्दै ‘गठबन्धन त हामीले गरेकै छौं । अब पार्टी एकता गरौं । ढिलो नगरौं, तपाईंहरुलाई चाहिने अधिकार र सम्मान हामी दिन्छौं ’ भन्न भ्याएका छन् । तर गठबन्धन भन्दा अघिबाट चिनेका हुन दुबैले । पछिल्लो समय चीनले बामपन्थीहरु एक हुन अनुरोध गरिरहेकोले मधेसका बामपन्थीहरु एकपछि अर्को गर्दै चीनले भनेकै पार्टीमा पार्टीगत रुपमा या व्यक्तिगत रुपमा समाहित हुने सम्भावनाहरु बढेर गएको छ । यसमा प्रचण्डको नयाँ प्रस्ताव कतै चीनको डिजाइन हो की भन्न सकिन्छ ।

प्रचण्डलाई निर्वाचन नजिक आएकोले धेरै हतार छ । बैदेशिक दवावले पनि उनी जसरी भएपनि नेपाललाई बामपन्थी मय बनाउने पक्षमा छन् । यसका लागि प्रत्यक्ष राष्ट्रपतिय व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई संविधानमा संसोधन गरेर ल्याउन या त जनमत संग्रहमा गएर ल्याउनका लागि पनि उनी बामपन्थी व्याकग्राउण्डका मधेसीहरुलाई अहिले जसरी भएपनि पट्याउन लागि परेका छन् ।

त्यसैले पार्टी एकताको छिटो निर्णय गरेर जनकपुरमा घोषणा गर्नुपर्ने तथा ‘नडराई पार्टी एउटै बनाऔं न । पार्टी एउटै भए पछि सिद्धियो । म जनकपुरमा आउँछु । जनकपुरमा घोषणा गरौं ।’ प्रचण्डले यति भनिरहँदा भित्रभित्रै खिचडी पाकी रहेको छ । र यसले कालन्तरमा माधवकुमार नेपाललाई पनि संगै आउन बाध्य बनाउने अवस्था सृजना गर्न खोजिदैछ । प्रचण्डको यो बोली कुनै ग्राइन डिजाईनमा आइरहेको छ । उनको बोली, फूर्ती हेर्दा लाग्दछ अब चीनको बटमलाइन भित्र फेरी प्रचण्डको इन्ट्री भइसकेको छ । तर यसले प्रचण्डलाई झन अप्ठेरोमा पार्ने छ । किनकी जसपामा सबै चीनले भनेको मान्ने नेताहरु छैनन् ।

प्रचण्डले सर्लाहीमा चुनौतीकै भाषामा एउटा नयाँ रहस्य खोल्दै भनेका छन्, ‘ कसैले एकता मन परेन भन्यो भने बुझनुस तपाईहरुमा पनि कोही पल्क्यो ।’ अर्थात तपाईहरुका कोही नेता कसैबाट सञ्चालित छ भन्न भन्ने बुझे हुन्छ भन्ने उनको दावी छ । उनले भीरबाट हामफाल्ने गोरुलाई रामराम भन्न सकिन्छ काँध थाप्न सकिँदैन भनेर तिमीहरु मिल्न आएनौ भने जसपाको हालत भीरबाट हामफाल्न लागेको गोरु जस्तै हुन्छ भनेका छन् । उनी भन्छन्, अब मधेस माओवादीमय हुनेछ । यो भनाईले ‘उल्टे चोर कोतवालले डाँटे’ भन्नमात्र सकिन्छ । अरु त जसपाको नेताहरुले मनन गर्ने कुरा हो ।

अहिले जसपा पुराना बामपन्थी भूमिकामा रहेकाहरुको हातमा पुगेको छ । प्रजातान्त्रिक खेमाका अधिकांश मधेसी नेताहरु अहिले महन्थ ठाकुर र राजेन्द्र महतोको खेमामा आएका छन् । जुनकुरा प्रचण्डलाई नपचेको उनको अभिव्यक्तिबाट देखिएको छ । उनले ठाकुर र महतोलाई मधेसविरोधी केपी शर्मा ओली नेतृत्वमा सहभागी भएको आरोप लगाएका छन् ।

प्रचण्डले सर्लाहीमा गएर भन्न भियाए ‘को मधेसको मित्र हो, को मधेसको दुश्मन हो ?’ अझ सर्लाहीमै सर्लाहीका महन्थ ठाकुरलाई ललकार्दै ‘महन्थ ठाकुरहरु मधेसी हुन् ?’ भनेर प्रश्न गर्ने हिम्मत समेत गरे । उनको यो अभिव्यक्तिले फेरी पनि कतै मधेसको कुनै कुनामा दोस्रो गौर पर्व त हुने होइन भन्ने आशंका गर्न सकिन्छ ।

प्रचण्डले सर्लाहीमा गएर भन्न भियाए ‘को मधेसको मित्र हो, को मधेसको दुश्मन हो ?’ अझ सर्लाहीमै सर्लाहीका महन्थ ठाकुरलाई ललकार्दै ‘महन्थ ठाकुरहरु मधेसी हुन् ?’ भनेर प्रश्न गर्ने हिम्मत समेत गरे । उनको यो अभिव्यक्तिले फेरी पनि कतै मधेसको कुनै कुनामा दोस्रो गौर पर्व त हुने होइन भन्ने आशंका गर्न सकिन्छ ।

चितवनलाई कुरुक्षेत्र हुने उद्घोष गरेको २४ घण्टा नवित्दै मधेसको एउटा शक्ति विरुद्ध विष बमन गरेर प्रचण्डले मधेसलाई पनि कूरुक्षेत्र बनाउने प्रयास गरिरहेका छन् । युद्ध, मारपिट, अस्तव्यस्तको स्थिति ल्याएर नै निर्वाचन जितिन्छ भन्ने सोच पालेर बसेका प्रचण्डको पछिल्लो अभिव्यक्तिले उनी मुठभेडको राजनीतिमा अग्रसर हुन खोजेको देखिएको छ ।

तीन पार्टीबीच एकता भए मधेसीमा लहर आउने र आगामी निर्वाचनबाट एकलौटी सरकार बनाउन सकिने प्रचण्डको दावीले जसपा समेत माधवकुमार नेपालको पार्टीबीच पनि एकता गर्नु पर्दछ भन्न खोजेको देखिएको छ । नेपालमा धेरै पार्टीहरु भए । पार्टीहरु एकअर्काबीच मर्ज हुनै पर्दछ । तर आफ्नो स्वार्थ पुरागर्नका लागि अरु पार्टीहरु प्रचण्डको शरणमा गएर एकता हुन कोही तयार हुने छैनन् ।

प्रचण्डले अध्यक्ष त्यागेर माओवादी केन्द्र छोडेर अन्य कुनै नयाँ नाममा एकता गरेर माधवकुमार नेपाल, उपेन्द्र यादव या डा. बाबुराम भट्राई मध्ये कसैलाई अध्यक्ष बनाएर अघि बढ्छु भनेभने केही दिनसम्म उनको प्रस्तावले राजनीतिक चर्चा पाउला । अन्यथा मधेसका कार्यकर्ताहरु, थारु, लिम्बुवान र खुम्बुवानका हस्तीहरुले प्रचण्डको छेपारो प्रबृत्तिलाई नजिकबाट चिनेकाले माओवादी केन्द्र र जसमाबीचको एकता तत्कालका लागि सम्भव देखिदैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *