क्यानडाले विकासन्मुख देशलाई २० करोड डोज खोप दिने

डिसी नेपाल
१४ कार्तिक २०७८ ७:२६
180
Shares

ओटावा। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडाले विकासन्मुख देशलाई २० करोड डोज खोप अनुदान दिने घोषणा गरेका थिए। कोभ्यास सहयोगअन्तर्गत क्यानडाले सन् २०२२ सम्म सो परिमाणमा खोप दिने प्रधानमन्त्री ट्रुडोले बताएका हुन्।

प्रतिबद्धता जनाइएको खोप परिमाणमध्ये मोडेर्नाको १ करोड डोज तत्काल उपलब्ध गराउने उनले बताए। क्यानडाले दक्षिण अफ्रिकामा खोप उत्पादन बृद्धिमा सहयोग गर्न १ करोड ५० लाख डलर सहयोगसमेत प्रदान गर्ने भएको छ।

अफ्रिकामा अझै पनि आधाभन्दा बढी जनसंख्याले खोप लगाउन पाएको छैन। अगस्टमा अमेरिकी कम्पनी मोडेर्नाले देश बाहिर पहिलो पटक क्यानडामा खोप बनाउन सुरु गर्ने जनाएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *