५३३ जना संक्रमित थपिँदा ६६४ जना मुक्त, ९ जनाको मृत्यु
काठमाडौं।नेपालमा आज कोरोना भाइरसका ५३३ जना संक्रमित थपिएका छन् । ११ हजार ६६४ जनाको नमुना परीक्षण गर्दा ५३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४१६ पुगेको छ। त्यस्तै आज ४९० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा आजसम्म नौ लाख सात हजार ६३८ जनामा कोरोना भाइरस संक्रमण भएको छ। तीमध्ये सात लाख ९२ हजार २७७ जना संक्रमणमुक्त भएका छन्। यो कुल संक्रमितको ९७.७ प्रतिशत हो। यस्तै कोरोना संक्रमणबाट ११ हजार ४१६ जनाको मृत्यु भएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment