प्रचण्ड र ओलीमा को बढी दक्षिणपन्थी ?

विजयप्रसाद मिश्र
१६ कार्तिक २०७८ १८:१९

हिजोआज एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई दक्षिणपन्थी भएको अरोप लगाइरहेका छन् भने स्वयं प्रचण्डले ओली दक्षिणपन्थी भएको आरोप लगाउँदै गएका छन् । आम नेपालीहरुको बुझाईमा दक्षिणपन्थी भन्ने वित्तिकै भारतीयको इशारामा हिड्ने भनेर अर्थ लगाउने गरेको जानकारी पाएपछि यसको वास्तविकता पाठक समक्ष ल्याउनका लागि आजको बहस केन्द्रित गरेको छु । साचो अर्थमा दक्षिणपन्थी भनेको दक्षिणको भारतको नीतिमा वा इशारामा हिड्ने भनेको होइन् । नेपालको सन्दर्भमा दक्षिणपन्थी भन्नाले बामपन्थीको ठीक उल्टो भन्ने बुझ्नु पर्दछ । दक्षिणपन्थीको अर्थ उग्रराष्ट्रवादी वा जडसूत्रवादी वा जातिवादी समेत लगाइन्छ ।

राष्ट्रवाद त सबै देशले, सबै पार्टीले आआफ्नो परिवेशमा स्वीकार गरिहाल्दछन् । तर जब कसैले उग्रराष्ट्रवादको समर्थन लिन्छ वा आफू उग्रराष्ट्रवादको पछि लाग्छ भने त्यो दक्षिणपन्थ नै हुन्छ भन्ने पनि गरिएको छ ।

नेपालमा बेला बखत दक्षिणपन्थी भनेर लगाइने गरेको आरोपलाई अंग्रेजवाजहरुले ‘कन्जरभेटिजम’ भन्ने गर्दछन् । यो ‘कन्जरभेटिजम’संग हवहू मिल्ने त होइन तर बैकल्पिक शब्दको रुपमा यसलाई प्रयोग गर्दा उनीहरुलाई बुझाउन, अनुभुति गर्न सहज हुन्छ भनेर योे शब्द आयातित गरेको मात्र हो । नेपालका नेताहरुले कसैले अतिवादको कुरा गरेको छ भने उसलाई दक्षिणपन्थी भनिदिने गरिएको छ । आफूलाई बामपन्थी भन्न रुचाउनेहरुले भने जसजसले बामपन्थी सिद्धान्तको विरोध गर्दछ ती सबै दक्षिणपन्थी भन्ने आरोप लगाउने गरेका छन् । कसैकसैले पुरानो शासन पद्दतीमा फर्किन खोज्नेलाई पनि दक्षिणपन्थी भन्ने गरेका छन् ।

तर प्रचण्डले अहिले केपी ओलीलाई दक्षिणपन्थी भनेर आरोप लगाउनुको प्रमुख कारण राजनीतिमा धर्म मिसाउनु हो । जसले राजनीतिमा धर्म मिसाउने काम गर्दछ त्यसलाई दक्षिणपन्थी भन्ने गरिन्छ । नेपालको संविधानले धर्मनिरपेक्षता अंगालेको छ । अब जो जो धर्म निरपेक्षताको विरोध गरेर राज्यले कुनै न कुनै धर्मलाई स्वीकार गर्नु पर्दछ वा सबैधर्मको संरक्षण गर्ने दायित्व राज्यले समेत लिनुपर्दछ भनेर धार्मिक स्वतन्त्रता वा धर्म सापेक्षता चाहनेहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नजरमा दक्षिणपन्थी हुन् ।

राष्ट्रवाद त सबै देशले, सबै पार्टीले आआफ्नो परिवेशमा स्वीकार गरिहाल्दछन् । तर जब कसैले उग्रराष्ट्रवादको समर्थन लिन्छ वा आफू उग्रराष्ट्रवादको पछि लाग्छ भने त्यो दक्षिणपन्थ नै हुन्छ भन्ने पनि गरिएको छ ।

अब प्रचण्डको भनाई र गराईले उनी कति दक्षिणपन्थी रहेछन् भनेर चर्चा गरौं । प्रचण्डले माओवादी सिद्धान्त भित्र संगठन बढाउन जातिय कुरा बढी गरे । नेपालीहरुलाई जातियरुपमा विभाजित गरेर माओवादको सिद्धान्तलाई पनि दुसित बनाइदिए । अझ कहिलेकाँही मधेससंग लभ परेको छ भनेर जातिय कुरा गरेर मानिसहरुलाई उचालेर राजनीति गर्न रमाउने नेताका रुपमा चिनिएका प्रचण्ड अग्र्यानिक दक्षिणपन्थी हुन भन्न सकिन्छ ।

अर्को कुरा प्रचण्डले आफ्नो पुरानो माओवाद सिद्धान्त परिवर्तन गरेर केहीबेर प्रचण्डपथ अवलम्बन गरे । पछि त्यसलाई छोडेर संसदीय व्यवस्थामा लागे । संसदीय व्यवस्थामा लागेपछि उनले दक्षिणपन्थी भनेर आरोप लगाएकै व्यक्ति केपी ओलीसंग घोडमिलान गर्न गए । अर्थात दक्षिणपन्थीका विशेषता भएका सबैखालेसंग दोस्ती गर्दै ध्वस्त पार्दै गए । अझ भनौ दक्षिणपन्थको चास्नीमा निस्सासिने गरी डुबुल्की मारिरहे । जातिबादलाई पनि प्रसय दिए, खाओवादलाई पनि प्रश्रय दिए । विदेशीको इशारामा हिडने काममा पनि लागि रहे । भैंसी चढाए । शंकाराचार्यले नेपाल आएर गरेको खुलासामा पशुपति मन्दिर पनि उनीहरुले चलाइदिए हुन्थ्यो भन्ने सन्देश समेत पठाएका थिए रे ।

कहिले जातिवादीको राजनीति गर्ने जनता समाजवादी पार्टीसंग पार्टी एकता गरौं भन्दै हिडिरहेका छन् भने घरी सिद्धान्त विहिनहरुसंग गठजोड गरी हिडिरहेका छन् । भूमिगत कालमा राजासंग बार्ता गरेर कम्यूनिष्ट सिद्धान्तलाई धोती लगाएर राजालाई कुनै स्वरुपमा मान्ने बाचा गर्न पनि भियाएका थिए । यस्ता सबै चरित्र बोकेकालाई त दक्षिणपन्थी त भन्नै परो । अझ त्योभन्दा पनि कुनै पन्थीभन्दा पनि खाओवादमा लिप्त भएका व्यक्तित्वका रुपमा प्रचण्डलाई परिचय गराइयो भने सबैले सहमिति जनाउँछन् ।

त्यसैगरी केपी ओली के हुन त त्यसो भए ? उनी पनि दुधले धोएका चोखा भने छैनन् । बामपन्थीको कुनै गुण उनमा पनि छैन । बामपन्थी विशेषता भन्दा जसरीपनि सत्तामा जाने, संगठनलाई भन्दा व्यक्तिगत स्वार्थमा बढी लिप्त हुने तथा म नै सबै कुछ हुँ भन्ने स्वभावका छन् । अतिराष्ट्रबादी भएको जस्तो गर्ने तर विदेशी शक्तिसंग गुलामी गर्न मौका कुरेर बस्ने स्वभावका छन् ।

केपी ओलीले पशुपतिमा जलहरी चढाएको र राम, लक्ष्मण,सीताको मुर्ति बनाएर चितवनको अयोध्यापुरीमा राख्न लगाएको त हो । यो धर्मको संरक्षण, प्रबर्धन दुबै हो । त्यसैले यो पनि एक तरिकाले दक्षिणपन्थी चरित्र त हो । तर यस्तो काम गर्न हुदैन र ? धर्मको संरक्षण र प्रबर्धन त गर्नु पर्दछ त्यसैले ओलीले गरे । यो गर्दा कसैले दक्षिणपन्थी भन्दछन् भने भन्दै गरुन ।

केपी ओलीले पशुपतिमा जलहरी चढाएको र राम, लक्ष्मण,सीताको मुर्ति बनाएर चितवनको अयोध्यापुरीमा राख्न लगाएको त हो । यो धर्मको संरक्षण, प्रबर्धन दुबै हो । त्यसैले यो पनि एक तरिकाले दक्षिणपन्थी चरित्र त हो । तर यस्तो काम गर्न हुदैन र ? धर्मको संरक्षण र प्रबर्धन त गर्नु पर्दछ त्यसैले ओलीले गरे । यो गर्दा कसैले दक्षिणपन्थी भन्दछन् भने भन्दै गरुन ।

बामपन्थीको ठीक उल्टो दक्षिणपन्थ हो भन्ने हो भने केपी ओलीको गतिविधि, व्यवहार र प्रबृत्ति भित्र बामपन्थीको कुनै छनक नै देखिदैन । पार्टीको नाम भित्र कम्युनिष्ट शब्द राखेर मात्र हुँदैन । भ्रष्टचारी, अकुथ सम्पत्ति आर्जन गर्नेलाई संरक्षण गर्ने, भए नभएको कुरालाई प्रचार प्रसार गरेर आफूमात्र सही भनेर सप्तरीको बरमझियामा रहेका पेडा पसलहरुमा त्योभन्दा असली म भनेजस्तै प्रतिस्पर्धा गर्ने स्वभावका नेताको रुपमा दर्जिएका केपीओली समेत नक्कली कम्युनिष्ट भएको प्रमाणित नै छ । त्यसैले कम्युनिष्टको खोल ओढेर व्यवहार भने अवसरवादी जस्तो गर्ने, सके आफै राजाबन्ने, डिक्टेटरसीप तर्फ उन्मुख हुने वा जीवनकालमा धेरै खाले सिद्धान्तमा पोइल गइरहने स्वभावका जो पनि दक्षिणपन्थीकै दायरामा पर्ने भएकाले केपी ओली पनि दक्षिणपन्थी नै हुन ।

कुनै जातलाई नराम्रो भनेर हेप्ने सोच पनि दक्षिणपन्थी हो यसमा प्रचण्ड भन्दा ओली बढी कुनै जात विशेषलाई हेपेर कुरा गर्ने प्रबृत्तिका भएकाले यस मामिलामा ओली बढी दक्षिणपन्थी छन् ।

नेपालमा आफूसंग विचार नमिल्ने सबैलाई ‘दक्षिणपन्थी’, परिवर्तन विरोधी भनेर आरोप लगाइन्छ । त्यसमानेमा अहिले राजसंस्थाको पक्षमा जोडतोडले आबाज उठीरहेकाले जसजसले फेरी नेपालमा राजसंस्थाको कुरा गर्दछ र धार्मिक स्वतन्त्रता वा धर्म सापेक्षताको कुरा गर्दछ ती सबै प्रचण्डको नजरमा दक्षिणपन्थी भएका छन् ।
तर आफूले राजासंग सहकार्यगर्न गरेको पुरानो प्रयासलाई भने विर्सिन्छन् । भर्खरै प्रचण्डले केपी ओलीले राजासंग मिलेर गणतन्त्र फाल्न लागेको सुनेको बताएका छन् । तर प्रचण्डले पनि राष्ट्रपतिको गलत कदमको विरोध गर्दा पहिले राजा हुँदा ‘साआआआन थियो नि सान’ भनेकै हुन । कतै न कतै राजाप्रति उनको सकारात्मकता त रहेछ नि भन्ने यो अभिव्यक्तिले देखिएको छ ।

शंकाराचार्यले नेपाल आएको बेला सबै मानिसमा अध्यात्म हुन्छ तर कम्युनिष्टहरुले आफूमा अध्यात्मता नभएको अभिनय गरिरहेका हुन्छन् भनेर मनोबैज्ञानिक कुरा गरिदिए । यसले के देखिन्छ भने नेपालका कम्युनिष्टहरु मध्ये ९० प्रतिशत पुजापाठ, धर्मकर्म गर्दछन् । मानिस मार्ने कम्युनिष्ट नेताहरुले पनि पण्डित पुरोहितकोमा गएर शान्तिस्वस्ती गराएको धेरै घटनाहरु सुनेका छौं । यसरी हेर्ने हो भने त आयातित सिद्धान्तको फेरो पक्रिने सबैखाले बामपन्थीहरु भित्र अध्यात्मको अंश छ ।

धर्म मान्नेहरु सबै दक्षिणपन्थी हुन भने नेपालका धेरैजसो नेता कार्यकर्ताहरु दक्षिणपन्थी नै छन् । त्यसमा प्रचण्ड र केपी ओली त झनै छलकपटकबाला दक्षिणपन्थी हुन् । ताक परे तिवारी नत्र गोतामे खालका हाम्रा देशका धरैजसो बाहिर बाहिर बामपन्थी विचार बोक्ने तर भित्र भित्रै दक्षिणपन्थी आचारण गर्नेहरु बाहिर बाहिर बामपन्थी विचार बोक्ने तर भित्र भित्रै दक्षिणपन्थी आचारण गर्नेहरु गल्ली गल्लीमा भेटिन्छन् ।

त्यसैले हामी भन्न सक्दछौ, नेपालका सबै राजनीतिक दलहरू आधारभूत रूपमै दक्षिणपन्थी छन् । तर सबैले अर्कालाई मात्र दक्षिणपन्थी देखिरहेका छन् । यो गलत हो । आफू दक्षिणपन्थी हुन किन बाध्य हुनु परेको हो त्यसमा प्रचण्डले वा ओलीले नागरिकलाई जानकारी गराए राम्रो हुने थियो ।

अरु दक्षिणपन्थी भए भनेर आरोप लगाउनेले आफूले केके गरें जसले विपक्षीले आफूलाई पनि दक्षिणपन्थी भनिरहेको छ भन्ने हेक्का कुनै नेताले राखेको देखिदैन । बरु नेताले भनिदिएपछि पार्टीका उपाध्यक्ष, वा पदाधिकारीहरु व झोले नेताहरुले चियागफमा समेत विरोधीलाई दक्षिणपन्थी भनेर आरोप लगाउने गरेका छन् ।

हामीले दक्षिणपन्थी गलत हो त ? भन्ने बहस पनि संगसंगै गर्नु पर्ने भएको छ । की कम्युनिष्ट सिद्धान्त नेपालको माटो सुहाउँदो हैन त्यसैले त्यसभित्र दक्षिणपन्थलाई पनि मिसामट गरेर अघि बढेको प्रचण्ड र केपी ओलीले सार्वजनिक रुपमा नै भन्नु पर्दछ । हैन भने नागरिकको आरोपबाट बच्न प्याच्च कसैलाई दक्षिणपन्थी भनिदियो पुग्यो । यस्तो गर्नु राजनेताको धर्मले दिंदैन ।

नेपाली समाजलाई ‘प्रगतिशील’ बाटोतर्फ लानुलाई अग्रगमन भनिएला । त्यसैले प्रगतिशील शब्द कम्युनिष्टहरुले अपहरण गरेजस्तै भएको छ । तर प्रगतिशील र बैज्ञानिक समाजवादको नाममा आफ्नो मौलिकतालाई ध्वस्त पार्ने सिद्धान्त नेपाल र नेपाली सुँहाउँदो पक्कै हुदैन । परम्परागत कला संस्कृतिको जगेर्ना गर्ने, पर्व, उत्सवहरुलाई नियमितता दिने काम भनेको राष्ट्रिय पहिचानलाई जोगाउने काम पनि हो । यसलाई जोगाउनु दक्षिणपन्थ हो भने प्रचण्डको सोचमा नै परिवर्तन हुन आवश्यक छ । तर केपी ओलीले पनि कहिलेकाँही आफूलाई अग्र्यानिक कम्युनिष्ट भन्न खोज्नुलाई भने हजमोला नपचेजस्तै हो । ओलीले जतिसुकै दलिल दिएपनि उनी पनि दक्षिणपन्थी हुन् ।

दक्षिणपन्थलाई नकारात्मक रुपमा प्रचार प्रसारगर्ने बामपन्थीहरु नै विस्तारै आफै दक्षिणपन्थको चास्नीमा डुबुल्की मार्नथालेको अवस्थामा कतै नेपालमा दक्षिणपन्थ नै उपयोगी हो की ? अर्थात नेपालका नेताहरुले दक्षिणपन्थीलाई एउटा गालीको रुपमा परिचय दिने प्रयास गरेका हुन कि ?

दक्षिणपन्थलाई नकारात्मक रुपमा प्रचार प्रसारगर्ने बामपन्थीहरु नै विस्तारै आफै दक्षिणपन्थको चास्नीमा डुबुल्की मार्नथालेको अवस्थामा कतै नेपालमा दक्षिणपन्थ नै उपयोगी हो की ? अर्थात नेपालका नेताहरुले दक्षिणपन्थीलाई एउटा गालीको रुपमा परिचय दिने प्रयास गरेका हुन कि ? जसले पनि नराम्रो काम गरेकोलाई दक्षिणपन्थी भनिदिएर पुरानो प्रबृत्तिमा फर्किएको, परम्परावादी सोच भएको, सत्ता पल्टाएर पुरानै स्थितिमा जान खोजेकोलाई दक्षिणपन्थी भनेर आरोप प्रत्यारोप गर्ने चलनले गर्दा दक्षिणपन्थको अर्थ नै लामो र विवादास्पद हुनै गएको समेत देखिएको छ ।

सहीमा भन्नुपर्दा नेपालमा आफूलाई जतिसूकै प्रगतिशील भन्नेहरु पनि सत्ता र सरकारमा पुगेपछि दक्षिणपन्थको शरणमा नै जान्छन् । कम्युनिष्ट सिद्धान्तको बुइँ चढेर सत्तामा पुग्नेहरु पनि सत्ता सञ्चालन या सरकार सञ्चालन भने दक्षिणपन्थको आधारमा नै गरिरहेका छन् । त्यसो हो भने किन बामपन्थ, बामपन्थ या कम्युनिष्ट, प्रगतीशील भनेर नागरिकलाई, मतदातालाई वा विदेशी डोनरलाई झुक्काइ रहनु । खुरुक्क सबै राजनीतिक शक्तिहरु दक्षिणपन्थमा समागम भए भैहाल्यो नि । कम्युनिष्ट र बामपन्थको आदर्शलाई विवाद बनाउने काममा लागेर बहुरुपीपन देखाएर किन जग हसाउनु हुन्छ । आउनुस दक्षिणपन्थ शब्दलाई सकारात्मक रुपमा लियौं । नेपालको उन्नती प्रगतीका लागि यहाँको धर्म, परम्पराको संरक्षण गर्नु आवश्यक छ ।

मन्दिरै मन्दिरको देश, बुद्धको जन्मभूमी, विविध जातजाति भाषाभाषीको देश भएकोले यहाँ बामपन्थभन्दा दक्षिणपन्थ नै नेपालको माटो सुहाउँदो छ भन्ने कुरामा सहमति जनाऔं । देशको विकासमा अग्रसर होऔं । नेपाल र नेपालीलाई यहाँ बामपन्थ चाहिएको छैन, विकास चाहिएको छ, परम्परा, रितिरिवाज, उत्सवहरुको संरक्षण र प्रबर्धन चाहिएको छ । त्यसैले दक्षिणपन्थले नै नेपालको प्रगती उन्नती गर्न सक्दछ । बामपन्थको नाममा विदेशी शक्तिसंग गोप्य सम्बन्ध राख्नेहरु, देशको मौलिकता ध्वस्त पार्न खटिएकाहरुबाट नागरिकहरु पनि सचेत हुनु पर्दछ ।

त्यसैले प्रचण्ड दक्षिणपन्थ भए र केपी ओली दक्षिणपन्थ भए भनेर आरोप प्रत्यारोप लगाउनेहरुले के बुझ्नु पर्दछ भने दुबै एउटै पार्टीमा हुँदा पसिना पनि गम्किएकै थियो होला ? अहिले अलग अलग पार्टी भयो भन्दैमा एक अर्कामा आरोप प्रत्यारोप नगरौं । यहाँहरु दुबै एकसे एक दक्षिणपन्थी हो । दुबैजना दक्षिणपन्थी को बढी हुने ? भन्ने होडवाजी नै भएको सबैले चाल पाएकै कुरा हो । यहाँहरुले बरु अन्य दक्षिणपन्थीहरुसंग मिलेर देशको विकासका लागि नयाँ खाका कोर्नुस ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *