९ बजेपछि देउँसीभैलो नखेल्नु

डिसी नेपाल
१७ कार्तिक २०७८ १७:३६

काठमाडौं । रुपन्देही जिल्ला प्रशासन कार्यालयले राति ९ बजेपछि देउँसीभैलो खेल्न रोक लगाएको छ । बुधबार एक सूचना जारी गर्दै प्रशासनले विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको अवस्थामा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न पनि आग्रह गरेको छ ।

सूचनामा देउँसीभैलोलगायतका परम्परागत साँस्कृतिक कार्यक्रम राति ९ बजेसम्म स्थानीय रुपमा सीमित संख्यामा सहभागी भई स्वास्थ्य मापदण्डको पालना गरेर खेल्न आग्रह गरिएको छ ।धार्मिक साँस्कृतिक र सामाजिक सहिष्णुता कायम गरी चाडपर्व मनाउन र चाडपर्व मनाउँदा सरकारले तोके बमोजिम तथा जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञामा उल्लेख भए बमोजिमका मापदण्डको पालना गर्न पनि प्रशासनले आग्रह गरेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *