फालिएको नवजात शिशुको उद्धार

डिसी नेपाल
१८ कार्तिक २०७८ १६:००

काठमाडाैं । धान खेतमा फालिएको एक नवजात शिशुको आज उद्धार गरिएको छ ।

सप्तरीको राजविराज नगरपालिका–९ नहर चोकस्थित धान खेतमा अलपत्र परेका शिशु रोइकराइरहेको अवस्थामा देखिएपछि स्थानीय युवाको सक्रियतामा प्रहरीले उद्धार गरिएको हो । उद्धार गरिएका शिशुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याएको छ । शिशु कसको हो भने खुल्न नसकेको बताइएको छ ।

नवजात शिशु फाल्नेको खोजी तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका मुद्दा फाँटका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *