पहिरोले सडक अवरुद्ध हुँदा नवदुर्गा ३ का स्थानीय सास्ती भोग्दै

डिसी नेपाल
१८ कार्तिक २०७८ २३:२५

काठमाडाैं ।गत असोज ३१ गते आएको अविरल वर्षाका कारण डडेलधुरा अधिकांश सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा स्थानीय आवतजावतमा सास्ती भोग्दै आएका छन् ।

जिल्लाको नवदुर्गा गाउँपालिकाको चिल्फि, कुरगेडी, सकायललगाएतका गाउँ जोड्ने मोटरबाटो बन्द भएको लामो समय भइसकेको छ। तर, स्थानीय तहले सडकमा गएको पहिरो नहटाइदिँदा सर्वसाधारणले समस्या भोग्नु परिरहेको हो ।

दैनिक उपभोग्य खाद्यान्नको अभाव भएर स्थानीयले चर्को मूल्यमा खरिद गर्नु पर्ने अवस्था आए पनि गाउँपालिका बेखबर रहेको स्थानीयको गुनासो छ । बाटो अवरुद्ध हुँदा बिरामी, ज्येष्ठ नागरिक, महिला र बालबालिकाले थप सास्ती भोग्ने गरेको स्थानीय दीपेन्द्र विष्टले बताएका छन्।

खाद्यान्न खरिद तथा स्थानीय उत्पादन बिक्रीका लागि पैदलयात्रा गर्नुपरेको उनको गुनासो छ । बाटो मर्मत गर्न स्थानीय सरकार र अन्य सरोकारवालाको अझैसम्म ध्यान नगएको स्थानीय बताउँछन् । यता गाउँपालिकाका उपाध्यक्ष डम्बरी ओलीले गाउँपालिकाले सडक सुधारका लागि दुई वटा जेसीवीलगाएको बताएकी छन् । बीचमा जेसीवी बिग्रिएर सडक सुधार गर्न समस्या भएको उनको भनाइ छ। छिट्टै वडाभरिका सबै सडक सञ्चालनमा आउने उनले बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *