मेरापिक क्षेत्रमा बेलायती नागरिकको मृत्यु

डिसी नेपाल
१९ कार्तिक २०७८ २१:१४

काठमाडाैं ।जिल्लाको मेरापिक क्षेत्रमा एक विदेशी आरोहीको मृत्यु भएको छ । आज मेरापिक आरोहण गरेर फर्कने क्रममा लडेर बेलायती नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

हाइक्याम्पमा लडेर ३९ वर्षीय बेलायती नागरिक फायन एलेक जार्नाड क्रिष्टायनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । उनका अनुसार चिप्लिएर लडेका क्रिष्टायन बेहोस बनेपछि हेलिकप्टरमार्फत उद्धार गरि पासाङल्हामु निकोलनिकी अस्पताल लुक्ला लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

शव परीक्षणका लागि काठमाडौँ लाने तयारी गरिएको भए पनि मौसम प्रतिकूलता कारण हेलिकप्टरले उडान भर्न नसक्दा लुक्लामा नै राखिएको बताइएको छ । क्रिष्टायनसहितको टोली हिमालय स्टेट कम्पनी लिमिटेड काठमाडौँमार्फत कात्तिक १० गते मेरापिक पुगेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *