कोभिडबाट एकैदिन अर्घाखाँचीमा दुई जनाको ज्यान गयो

डिसी नेपाल
१९ कार्तिक २०७८ २१:४४

अर्घाखाँची । कोरोना संक्रमणबाट बिहीबार एकै दिन अर्घाखाँचीमा दुई जनाको ज्यान गएको छ ।

सन्धिखर्क नगरपालिका १ का ६६ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा र भूमिकास्थान नगरपालिका ४ का ५९ वर्षीय पुरुषको अर्घाखाँची अस्पतालमा बिहीबार ज्यान गएको हो । योसँगै कोभिडबाट ज्यान गुमाउनेको संख्या अर्घाखाँचीमा ८९ पुगेको छ ।

त्यस्तै आज अर्घाखाँची जिल्लामा तीन जना कोभिड संक्रमण मुक्त भएका छन् भने दुई जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

योसँगै अर्घाखाँचीमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या ४ हजार ४ सय ५१ पुगेको छ भने हाल अर्घाखाँची जिल्लामा ५८ जना सक्रिय संक्रमित रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *