अक्षयकोष वृद्धि गर्न नारी सञ्चारको देउसी

डिसी नेपाल
१९ कार्तिक २०७८ २२:३५

काठमाडौं ।नारी सञ्चारगृह झापाले नारी प्रोत्साहन अक्षयकोष वृद्धि गर्ने उद्देश्यले आज देउसी भैली खेलेको छ ।

लक्ष्मीपूजाका अवसरमा कनकाई नगरपालिकामा सामूहिक खेलिएको देउसी कार्यक्रममा रु एक लाख १० हजार बढी रकम जम्मा भएको संस्थाका अध्यक्ष भीमा शिवाकोटीले बताए।

सञ्चार गृहले विगत तीन वर्षदेखि नेपाली संस्कार र संस्कृतिको जर्गेना गर्दै कोष वृद्धिका लागि देउसीभैलो कार्यक्रम खेल्दै आएको अध्यक्ष शिवाकोटीको भनाइ छ । गत वर्ष कोभिड– १९ का कारण संस्थाले सामाजिक सञ्जालबाट देउसी खेलेको थियो ।

रु २५ लाख लक्ष्य राखेर स्थापना गरिएको अक्षयकोषमा हाल रु २२ लाख जम्मा भइसकेको कोषका संयोजक तथा संस्थाका उपाध्यक्ष रेजिना गौतमले बताए । त्यसैगरी साहित्य चौतारी झापाले विर्तामोडस्थित हनुमान मन्दिर अगाडि सामूहिक देउसी कार्यक्रम गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *