बंगुर व्यवसायीको पीडाः नगरपालिकाको निर्णयले १७ करोड लगानी डुब्ने भयो

डिसी नेपाल
२० कार्तिक २०७८ १७:२६

भक्तपुर । फाँटमा आँखैले नभ्याउने जस्ताको टहरा, टहराभित्र राखिएका छन् बंगुरहरू । त्यही टहरा (बंगुरको खोर)भित्र बंगुरका पाठा नाच्दै छन् त कुनैमा माउ बंगुर आफ्ना पाठालाई सुम्सुम्याउँदै । कसैले केही खानेकुरा दिन्छन् कि भनेर हेरिरहेका बंगुर । यो दृश्यलाई नजिकैबाट नियाल्दै छन्, सुरेश लामा ।

विगत पाँच वर्षदेखि बंगुर फार्म सञ्चालन गर्दै आएका उनले अहिले करिब २५ लाखभन्दा बढी लगानी गरिसकेका छन् । चाँगुनारायण नगरपालिका–९ ताथलीका चुनदेवीमा उनीसँगै ३५ वटा परिवारले बंगुर पाल्दै आएका छन् ।

उनको हरेक दिन बंगुरको स्याहारसुसारमा समय बित्ने गर्छ । उनलाई मानिसले भन्दा पनि बंगुरले बढी चिन्न थालिसकेको छ । तर, अब ती बंगुरलाई पनि कहिले छोडेर जानुपर्ने हो, कुनै टुंगो छैन । उनी भन्छन्, ‘चाँगुनारायण नगरपालिकाले केही दिन अगाडि बंगुर फार्म बन्द गर्न सूचना जारी गरेको छ । सूचना अनुसार हामीले बंगर पाल्न नपाइने भयौँ ।’

अनुहार मलिन पार्दै उनले भने, ’जीवनभरीको पसिनाको कमाइ यसैमा लगानी गरेका छौँ । यतिधेरै लगानी छाडेर हामी कहाँ जाउँ, कसरी जाउँ । भर्खर जन्मिएका पाठाहरू छन् । उनीहरूलाई कहाँ कसरी स्थानान्तरण गरौँ ?’

केही दिन अगाडि चाँगुनारायण नगरपालिकाले बंगर पालन बन्द गर्न निर्देशन दिएको छ । सूचनाअनुसार ३० दिनभित्र बंगुर फार्म नहटाए पालिकाले कारबाही गर्नेछ । तर, पालिकाले गरेको सो निर्णय अपरिपक्व रहेको व्यवसायीहरूको दाबी छ । पालिकाले कृषकलाई प्रोत्साहनको लागि सहयोग र अनुदान दिनुको साटो स्थापित भएका व्यवसायीहरूलाई नियमविपरीत उठाउन खोजेको उनीहरूको गुनासो छ ।

वैदेशिक रोजगारीबाट कमाएको पैसा फार्ममा लगानी गरेको र फार्मको ऋण अझ तिर्न बाँकी रहेको सुरेश लामा दुखेसो पोख्छन् । उनीसँगै कुमार लामाले पनि सोही क्षेत्रमा बंगुर पालन गरेका छन् । उनका फार्ममा सयभन्दा बढी बंगुरहरू छन् । मलेसियाको तातो खडेरीमा पसिना बगाएर कमाएको पैसा बंगुर फार्ममै खन्याए । नगरपालिकाको उक्त सूचना देख्नेबित्तिकै उनले भने, ’गरिबको पीडा बुझ्ने को नै छ र ? ’ उनले नगरपालिकाले पटकपटक बंगुर पाल्ने व्यवसायीलाई मर्कामा पार्दै आएको गुनासो गरे ।

‘हामीलाई नगरपालिकाले गैरनागरिक जस्तो व्यवहार गरेको छ । तर, हामी पनि यही देशको नागरिक हौँ । हाम्रो बंगुरबाट स्थानीयलाई असर गरेको छैन । नगरपालिकालाई मात्र कसरी गर्‍यो ?’, उनले भने, ‘लगानी उठेको छैन । ऋणमै छौँ । त्यो पैसा कसरी चुक्ता गर्ने ? हामीमाथि नगरपालिकाले अन्याय गरेको छ ।’

करिब ४० रोपनी क्षेत्रफलमा फैलिएको सो फार्ममा करिब १७ करोड लगानी गरिएको दाबी उनीहरूको छ । नगरभित्र मात्रै करिब पाँच सयवटा फार्म सञ्चालनमा रहेको अनुमान पालिकाको छ । स्थानीय जनस्तरबाट बंगुर फार्मबाट फोहोर भएको र स्वास्थ्यमा नकरात्मक असर परेकोले पालिकाले सो सूचना जारी गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए ।

मानववस्ती र बंगुर पालन सँगसँगै बस्न नहुने भएकोले पटकपटक बंगुर फार्म सार्नको लागि निर्देशन गर्दै आएको बताए । तर, नगरपालिकाको निर्णयलाई नै चुनौती दिएकोले अहिले बन्द गर्न निर्देशन गरेको उनले बताए ।

नगरपालिकाको सार्वजनिक सूचनाअनुसार ५ मंसिरभित्र नगरभित्रका सबै बंगुर व्यवसायीले फार्म पूर्ण रुपमा बन्द गर्नुपर्ने छ । नगरसभाबाट नै नगरभित्रका बंगुर फार्म बन्द गर्ने निर्णय गरेको उक्त सूचनामा उल्लेख गरिएको छ ।

‘अहिले युद्ध संग्रालय अवलोक गर्नेको संख्या बढेको छ । नेपालीहरूले अँग्रेज फौजलाई कसरी हराए, कसरी नेपालीले विजयी प्राप्त गरे भन्ने उत्सुकताले पनि धेरै नागरिक युद्ध संग्रालय अवलोकन गर्न आउँछन्’, लामाले भने । चाडपर्व मनाउन विपी राजमार्ग हुँदै आउने र जानेले पनि सिन्धुलीगढी अवलोकन गर्ने भएकाले अहिले भिड बढेको उनको भनाइ छ ।

नेपाललाई उपनिवेश बनाउन आएको इष्टइन्डिया कम्पनीका कप्तान किनलकको अंग्रेज फौजलाई वीर गोर्खाली फौजले परास्त गरेको ऐतिहासिक सिन्धुलीगढी किल्लाको युद्ध संग्रहालयले पर्यटकहरूलाई मात्र नभएर अन्य इतिहासबारे जिज्ञासा राख्ने मानिसहरूलाई समेत अध्ययन अनुसन्धान गर्नका लागि महत्वपूर्ण स्थल भएको छ ।

वीरताको इतिहासका दस्तावेजहरूसहित निर्मित संग्रहालय इतिहासका सोधकर्ता, अध्येता, अनुसन्धानकर्ता, विद्यार्थी तथा पर्यटकहरूका लागि महत्वपूर्ण आकर्षणको केन्द्र बनेको लामाले बताए ।

संग्रहालयको डिजिटल बोर्डमा वीर योद्धाहरूको नामांकन गरिएको छ भने छ हजार २८१ स्क्वायर फिटको संग्राहलयमा युद्धको झल्को दिने लोपोन्मुख सामग्रीहरू सबैजसो राखिएको छ । संग्रहालय भित्र तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हातहतियार, तोप, गोला, दस्तावेज, युद्धकालीन समयमा घरेलु सेना र अंग्रेज सेनाको पोशाक प्रदर्शनलगायत सामाग्री राखिएको छ ।

सिन्धुलीगढी तत्कालीन गोर्खाली सेनाले वीरता देखाएर अंग्रेजी सेनालाई परास्त गरेको स्थल हो । २७६ वर्षअघि पृथ्वीनारायण शाहले नेपाल एकीकरण सुरू गरेपछि तत्कालीन उपत्यकाका मल्ल राजाहरूले भारतमा शासन गरिरहेको बेलायती सरकारसँग सहयोग मागेका थिए ।

ब्रिटिस कम्पनीले कप्तान किनलकको नेतृत्वमा पठाएको बेलायती सेनालाई गोर्खालीले सिन्धुलीगढीमा परास्त गरेर धपाएका थिए । विश्वमा कतै नहारेको बेलायतलाई सिन्धुलीगढीमा गोर्खाली सेनाले परास्त गरेको थियो ।

नेपाल र नेपालीको स्वाभिमान जोगाउने राष्ट्रकै एक महत्वपूर्ण स्थल सिन्धुलीगढीलाई दुई गढीमा विभाजित छ । जसलाई सानो गढी र ठूलोपौवा गढी भनिन्छ । गढीमा दुईवटा टापुमा युद्धको समयमा सानो र ठूलो तोप राखेकाले सानोगढी र ठूलोगढी भनिएको हो ।

गढीको स्थापना कहिले भयो भन्ने तथ्य फेला नपरे पनि मकवानपुरे राजा शुभसेनका पालामा उनका छोरा माणिक्य सेनले सन् १७६२ मा निर्माण गराएको गढी सन् १८१९ मा गोर्खाली सेनाले कब्जा गरेका थिए ।

सिन्धुली गढीमा पृथ्वीनारायण शाहले विजय युद्धपछि सेना बस्न काठ र खरको छानो राखेर घर बनाई गढीको स्थापना गरेको इतिहासमा उल्लेख छ ।

१९७५ सालतिर प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सिन्धुलीगढीका कर्नेल कृतिमान खत्रीको नेतृत्वमा बडाहाकिम र सेना बस्न १४ ढोका, ५६ झ्याल, टिनको छाना, इँटाको गारो लगाएको दुईतले दरबार निर्माण सुरू भएकोमा पछि गढीका कर्नेल पुष्करविक्रमले दरबारको निर्माण पूरा गरेका थिए । सिन्धुली गढीको क्षेत्रफल तीन हजार वर्गमिटरमा फैलिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *