चार सवारी साधन एकापसमा ठोक्किए : एक जनाको मृत्यु, २२ घाइते

डिसी नेपाल
१४ जेठ २०८१ ६:५१

चितवन। चितवनको नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन्। उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार गए राति साढे १२ बजे काठमाडौंबाट प्युठानतर्फ जाँदै गरेको बा४ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना३ख ७९१५ नम्बरको ट्रक, काठमाडौँबाट महोत्तरीतर्फ आउँदै गरेको ना७ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख ८९६८ नम्बरको बस एकापसमा ठोक्किएका थिए।

दुर्घटनामा परी अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको छ। उनको परिचय खुल्न सकेको छैन।

दुर्घटनापश्चात् राति सडक अवरुद्ध भएको थियो। आज बिहानदेखि सवारी साधन दुईतर्फी सञ्चालनमा ल्याइएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए।

घाइतेमध्ये १८ जनाको इच्छाकामना आधारभूत अस्पताल कुरिन्टारमा तथा चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

१८ जना घाइतेको इच्छाकामना आधारभुत अस्पताल कुरिन्टार र चार जनाको नयाँ मेडीकल कलेज भरतपुरमा उपचार भइरहेको उनले जानकारी दिए। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।

नयाँ मेडीकल कलेज भरतपुरमा उपचार भइ रहेको घाइतेहरुः-

१. जि.प्युठान नौबैईनी गा.पा.७ बस्ने बर्ष २८ को सुधन के.सी.मध्यम

२. जि.प्युठान प्युठान न.पा.१० बस्ने बर्ष ३६ को निरज के.सी.मध्यम ।

३. जि.प्युठान  मलारानी गा.पा २ बस्ने बर्ष ३६ की निर्मला भुषाल  गम्भिर ।

४. जि.प्युठान गौमुखी गा.पा.७ बस्ने बर्ष २५ को सुरज सुनार मध्यम (हाल परिसर ललितपुर काठमाण्डौमा कार्यरत प्रहरी जवान भन्ने बुझिएको ९८४०९३४४४३)

५. जि.अर्घखांची सितगंगा न.पा.८ बस्ने बर्ष २९ की पबित्रा दर्लामि सामान्य ।

६. जि.प्युठान झिम्रुम न.पा. ७ बस्ने बस्ने बर्ष २८ को पुरन गिरि  मध्यम ।

७ जि.प्युठान प्युठान न.पा.८ बस्ने बर्ष २० को समिर के एम मध्यम ।

८. जि.प्युठान सारुमहारानी गा.पा.४ बस्ने बर्ष ३६ को  तारापती बुढाथोकी मध्यम ।

९.जि.प्युठान सारुमहारानी गा.पा.४ बस्ने बर्ष ३५ की मुनादेवि बुढाथोकी मध्यम ।

१०. जि.प्युठान एरावती गा.पा.६ बस्ने बर्ष ५६ की मनदेवि थापा गम्भिर ।

११. जि.प्युठान बस्ने बर्ष ६० को पदम थापा सामान्य ।

१२. जि.प्युठान प्युठान न.पा १०  बस्ने बर्ष २१ को  सुशिल के.सी.मध्यम ।

१३. जि.प्युठान प्युठान न.पा. ४ बस्ने बर्ष बर्ष १७ की प्रतिभा भण्डारी मध्यम ।

१४. जि.प्युठान प्युठान न.पा.८ बस्ने बर्ष १८ की सलिसा थापा मध्यम ।

१५. जि.प्युठान प्युठान न.पा.१ बस्ने बर्ष ३८ को प्रकास के.सी. मध्यम ।

१६. जि.प्युठान प्युठान न.पा.८ बस्ने बर्ष ५३ की पार्वता के.सी मध्यम ।

१७. जि.प्युठान नेबईनी गा.पा.३ बस्ने बर्ष ३२ को गौरव झाक्री अबस्था गम्भिर ।

१८. जि.प्युठान गौमुखि गा.पा ३ बस्ने बर्ष २९ को दिपक सुनार सामान्य ।

१९. जि.अर्घाखाँची सितगंगा न.पा.८ बस्ने बर्ष ४९  लाम बहादुर दर्लामी मध्यम ।

२०.जि.प्युठान प्युठान न.पा.८ बस्ने बर्ष २५ को सन्तोष के.सी. गम्भिर ।

२१. ट्रक सह-चालक जि.सिन्धुपाल्चोक बाह्रबिसे न.पा.राम्चे बस्ने बर्ष २१ को राजन सुबेदी गम्भिर ।

२२.मृतक हाल नामथर वतन नखुलेको बर्ष अं.१६।१७ को पुरुष ।

२३.ट्रक चालक-जि.सिन्धुपाल्चोक भोटेकोसी गा.पा.५ बस्ने  बर्ष २६ को सुवास कार्की  सामान्य,डिस्चार्च भई जिप्रकाको नियन्त्रणमा ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *