सियरा लियोनमा इन्धन बोकेको ट्यांकर दुर्घटना, ९४ जनाको जलेर मृत्यु

डिसी नेपाल
२१ कार्तिक २०७८ ७:२८
1.4k
Shares

फ्रीटाउन । सियरा लियोनको राजधानी फ्रीटाउनमा एउटा इन्धन बोकेको ट्यांकर अर्को लरीसँग ठोक्किएपछि भएको बिस्फोटमा कम्तीमा ९४ जनाको मृत्यु भएको छ। बिस्फोटमा दर्जनौं मानिस घाइते भएका छन्। लरीसँग ठोकिएपछि टयांकरको इन्धन पोखिएको थियो। त्यसपछि लागेको आगोले वरपरका मानिस र सवारी साधनमा सल्किएको थियो।

ट्याकरनजिक मानिसहरुका डढेका शव छरपस्ट देखिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । ट्यांकर ठोकिएपछि भएको आगोलागीबाट ठूलो मानवीय क्षति भएकोप्रति राष्ट्रपति जुलियस मादा बायोले गहिरो दुःख व्यक्त गरेका छन् ।

दुर्घटनापछि जलेर १०० भन्दा बढी मानिसको ज्यान गएको फ्रीटाउनका मेयर वाइभोन सवेरले बताएका छन् । फ्रीटाउन वरिपरिका स्वास्थ्यकेन्द्रमा १०० जनाको उपचार भइरहेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *