सल्यानबाट दाङतर्फ आउँदै गरेको बस दुर्घटनामा, आठ जनाको मृत्यु
दाङ। सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको यात्रुबहाक बस कपुरकोट गाउँपालिकामा दुर्घटनामा परेको छ। दुर्घटनामा अहिलेसम्म आठ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
उक्त बसमा ३० जना यात्रु सवार थिए। बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ।
पाँच जना गम्भीर घाइतेको सल्यान अस्पतालमा उपचार भइरहेको छ भन्ने अन्य घाइतेहरूको पनि उद्धार र उपचार जारी छ। घाइतेहरूका अनुसार बस निकै नै तिव्र गतिमा थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment