दिग्गज क्रिकेटर शेन वार्नमाथि गम्भीर आरोप
काठमाडौं। विश्वका महान स्पिनरमध्ये एक मानिने शेन वार्नमाथि एक मोडल तथा टेलिभिजन अभिनेत्रीले गम्भीर आरोप लगाएकी छिन् । ५२ वर्षका वार्नले आफूलाई अश्लील म्यासेज पठाएको भन्दै उनी विक्षिप्त भएको बताएकी छिन् । कुनै महिलाले शेन वार्नमाथि यस्तो आरोप लगाएको यो पहिलो पटक भने होइन । यसअघि पनि उनी यस्तै कारणले विवादमा आइसकेका छन् र उनको वैवाहिक जीवन पनि बिग्रिएको छ ।
मोडल जेसिका पावरले शेन वार्नले पठाएको म्यासेजको स्क्रिनसट आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छिन् । म्यासेजमा वार्नले जेसिकालाई होटलको कोठामा भेट्न भनेका छन् । उनले अस्वीकार गरेपछि पनि वार्नले कैयौं म्यासेज पठाएका छन् । जेसिकाले इङलिस रियालिटी शो बिग ब्रदर भिआइपीमा शेन वार्नमाथि आरोप लगाएकी हुन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment