सल्यान बस दुर्घटना अपडेटः बाह्रको मृत्यु, तीन जनाको खुल्यो पहिचान

डिसी नेपाल
२१ कार्तिक २०७८ १५:१४

दाङ । सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संखया बाह्र पुगेको छ ।

शनिवार विहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटना ग्रस्त भएको थियो । उक्त बसमा ३० जना यात्रु सवार थिए । बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ । घाइतेहरूका अनुसार बस निकै नै तिव्र गतिमा थियो ।

मृतकको विवरण

१०सल्यान जिल्ला छत्रेश्चरी गाउँपालिमा-२ बस्ने २९ बर्षका तिलक ओली

२० दाङ जिल्ला घोराही उपमहानगरको नारायनपुर बस्ने ६५ बर्षकी ईन्द्रा अधिकारी

३० दाङ जिल्ला बबई गाउँपालिका-६ पन्चकुले बस्ने ७० बर्षकी कलावती बुढाथोकी

मृतक भएका १२ जना मध्य १० महिला २ पुरुष रहेका छन् । तीन जनाको परिचय खुले पनि अन्य नौ जनाको भने परिचय खुल्न बाँकी रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *