कोल्ड स्टोरमा राखेको आलुको बीउ कुहियोः किसान चिन्तित

डिसी नेपाल
२१ कार्तिक २०७८ १६:३६
44
Shares

काठमाडौं । दमक नगरपालिकाको शान्ति चिस्यान केन्द्र (कोल्ड स्टोर)मा भण्डारण गरिएको तीन हजार बोरा आलुको बीउ कुहिएपछि किसान चिन्तित बनेका छन् ।कात्तिकको पहिलो हप्ता आएको वर्षाका कारण कोल्डस्टोेरमा चुहिएको पानी जमेपछि आलुको बीउ कुहिएको चिस्यान केन्द्रका प्रबन्ध निर्देशक सन्तोष अधिकारीले बताए । जिल्लाका विभिन्न पालिकाका किसानले सहकारी संस्थामार्फत चिस्यान केन्द्रमा पैसा तिरेर आलुको बीउ भण्डारण गरेका थिए ।

उनले भण्डारण गरिएको सबै आलुका बोरा र चिस्यान केन्द्रको सम्पूर्ण सम्पत्तिको अजोड इन्स्योरेन्स कम्पनीमा बीमा गरिएको बताए । बीमा कम्पनीलाई तत्काल राहत उपलब्ध गराएर बीउ आलु खरिदका लागि किसानलाई सहजीकरण गरिदिन आग्रह गरिरहेको उनले जानकारी दिए ।रोप्ने समयमा बीउ आलु किन्दा महँगो पर्ने भएकाले किसानले सहकारीमार्फत चिस्यान केन्द्रमा प्रतिबोरा रु ४४५ तिरेर बीउ आलु राख्दै आएका थिए । बीउ आलु नै कुहिएपछि स्थानीय किसान समस्यामा परेका छन् । उनीहरुले चिस्यान केन्द्रमा कुप्री सिन्दुरे, लाकर, लाल गुलाव, सुलभ रातो, डेजिरेलगायत जातका बीउ आलु राखेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *