सल्यान बस दुर्घटना : मृत्यु हुने १२ जनाकाे पहिचान खुल्याे

डिसी नेपाल
२२ कार्तिक २०७८ ६:४४

काठमाडौं।सल्यान दुर्घटनामा मृत्यु भएका १२ जनाकाे पहिचान खुलेकाे छ। प्रहरीका अनुसार सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान दुर्घटनाग्रस्त भएकाे थियाे।

इतबार बिहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटनाग्रस्त भएको थियो। उक्त बसमा ३७ जना यात्रु सवार रहेकाे प्रहरीकाे भनाइ छ। बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको थियाे। घाइतेहरूका अनुसार बस निकै नै तीव्र गतिमा थियो।

मृतकहरूमध्ये सल्यान शारदा नगरपालिका–१२ कि ५३ वर्षीया प्रभा चलाउने, शारदा–२ कि ६१ वर्षीया मिना डाँगी, शारदा–३ कि ६६ वर्षीया लिला बुढाथोकी, त्रिवेणी–१ काभ्रा कि २४ वर्षीया मिना शाही, दाङ बबई गाउँपालिका–४ बस्ने ६० वर्षीया डुली रेउले, बबई–६ पन्चकुले बस्ने ७० वर्षीया कलावती बुढाथोकी, घोराही नारायनपुर बस्ने ६५ वर्षीया ईन्द्रा अधिकारी र सल्यान छत्रेश्वरी–२ का २९ वर्षीय तिलक ओली रहेका प्रहरीले जानकारी दिएको छ।

यस्तै, दाङ शान्तिनगर गाउँपालिका–८ की ३५ वर्षीया सावित्रा केसी, दाङ कोरवाङका पाँच वर्षीय सुरज ओली, दाङ घोराही उपमहानगरपालिका १० बस्ने ३६ वर्षीया रुपा केसी र सल्यानको त्रिवेणी गाउँपालिका ४ बस्ने ९ वर्षीया सरिता बोहोरा रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *