सर्वेक्षणमा सहभागी ५८ प्रतिशतले मस्कलाई भने– टेस्लाको १० प्रतिशत सेयर बेच्नु उत्तम

डिसी नेपाल
२२ कार्तिक २०७८ १०:१६
640
Shares

न्युयोर्क। विश्वकै धनाढ्य तथा टेल्सा कम्पनीका मालिक एलन मस्कलाई कम्पनीको १० प्रतिशत सेयर बिक्री गर्न मतदाताले अनुरोध गरेका छन्। ट्विटरमा भएको एउटा मत सर्वेक्षणका मतदाताहरुले मस्कलाई १० प्रतिशत सेयर बिक्री गरेर कर तिर्न अनुरोध गरेका हुन्। यो सँगै मस्कले करिव २१ अर्ब डलर बराबरको सेयर बेच्नुपर्ने हुन सक्छ।

मस्कले सञ्चालन गरेको सर्वेक्षणमा ३५ लाख ट्विटर प्रयोगकर्ताले मतदान गरेका थिए। उनीहरुमध्ये ५८ प्रतिशत मतदाता मस्कले सेयर बिक्री गर्नुपर्ने पक्षमा उभिएका थिए। सर्वेक्षणअघि मस्कले मत परिणाम स्वीकार्ने बताएका थिए। तर, परिणामपछि उनले कुनै टिप्पणी गरेका छैनन् अर्थात उनले कसरी र कहिले सेयर बिक्री गर्छन भन्ने बारेमा केही खुलाएका छैनन्।

उनले सेयर बिक्री गरेमा उनले ठूलो परिणाममा कर तिर्नुपर्छ। शनिबार एउटा ट्विटमा मस्कले टेस्लाबाट आफूले कुनै तलब वा बोनस नपाएको भन्दै आय कर तिर्न आफ्नो कमाई नभएको बताएका थिए। तर, उनले ‘क्षतिपूर्ति प्याकेज’बाट अर्बौं डलर कमाउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *