चोरीपैठारी गरी ल्याएको दुई लाख बराबरको सामान नियन्त्रण

डिसी नेपाल
२२ कार्तिक २०७८ १७:४७

नेपालगञ्ज । बाँके प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको अवस्थामा करिब दुई लाख बराबरको लत्ता कपडा, सुर्ती, सुपारीलगायत सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार नेपालगञ्ज–१० बाट भारतबाट भन्सार छली चोरीपैठारी गरी ल्याएको लत्ताकपडा, सुर्ती, सुपारीलगायत सामान बरामद गरी आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएको हो ।

प्रहरीको टोलीले लागुऔषध मुद्दामा फरार रहेका बाँके खजुरा–३ का २३ वर्षीय शिशिर श्रेष्ठलाई नियन्त्रणमा लिएर जिल्ला अदालत बाँकेमा पठाएको छ । श्रेष्ठमाथि लागु औषध मुद्दामा बाँके जिल्ला अदालतले २३ मंसिर २०७५ को फैसलाले चार वर्ष १० महिना १४ दिन कैद र पाँच हजार जरिवाना तोकिएको थियो ।

अदालतको फैसला आएलगत्तै फरार रहेका श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धनौली बाँकेबाट खटिएको प्रहरी टोलीले आइतबार नियन्त्रणमा लिएर जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *