देउसी भैलोबाट जुट्यो एक लाख १४ हजार

डिसी नेपाल
२२ कार्तिक २०७८ १७:५२

काठमाडौं । लोकतन्त्र, मानव अधिकार, शान्ति र सामाजिक न्यायका क्षेत्रमा काम गर्दै आएको मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले देउसी भैलोबाट रु एक लाख १४ हजार सहयोग जुटाएको छ ।

सहयोग मानव अधिकार र सामाजिक काममा खर्च गरिने जिल्ला शाखा काठमाडौँका कार्यवाहक सभापति भगवान् पुडासैनीले राससलाई जानकारी दिए । समाजले विगत वर्षदेखि नै तिहारका अवसरमा देउसी भैलो खेली सामाजिक गतिविधि गर्न कोष खडा गर्दै आएको उनले सुनाए ।

नेपालीको दोस्रो ठूलो चाड तिहारका अवसरमा आयोजित कार्यक्रममा वाग्मती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे, काठमाडौँ महानगरपालिका वडा नं ६ का अध्यक्ष दीपेन्द्रकुमार लामा, गोकर्णेश्वर नगरपालिका वडा नं ५ का अध्यक्ष नारायणबहादुर सुवेदी, वडा नं ६ का अध्यक्ष रमेश अर्याल, वडा नं ८ का अध्यक्ष मनोजकुमार ढुङ्गानालगायत २०० जना बढी अभियानकर्मीको सक्रियता थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *