बेलारूसबाट अबैध ढंगले प्रवेश गरेका हजारौं आप्रावासी पोल्यान्डको सिमानामा रोकिए

डिसी नेपाल
२३ कार्तिक २०७८ ९:३४
828
Shares

वार्सा । पोल्यान्डले आफ्नो देशतर्फ प्रवेश गर्न लागेका हजारौं आप्रावासीलाई रोकेको जनाएको छ। बेलारूसको पूर्वी सिमानाबाट आफ्नो देशतर्फ बढेका आप्रावासीलाई रोकेको पोल्यान्डले जनाएको हो।

दुई देशको सिमानामा राखिएका काँडेतार नाघेर आप्रावासीहरु पोल्यान्डतर्फ प्रवेश गरिरहेको एउटा भिडियो फुटेजमा देख्न सकिन्छ।

आप्रावासीको प्रवाह बढेपछि पोल्यान्ड सरकारले आकस्मिक वैठक बोलाएको थियो। बैठकले सिमानामा १२ हजार सुरक्षाकर्मी तैनाथ गर्ने निर्णय गरेको छ। आफ्नो देशमा आएका अबैध आप्रवासीलाई सिमानामा पठाइदिएको पोल्यान्डले बेलारुसमाथि आरोप लगाएको छ।

पछिल्लो समयमा बेलारुसबाट गैरकानूनी रुपमा आप्रावासीहरु पोल्यान्ड, लिथुआनिया र लाटभियातर्फ प्रवेश गरेका ती देशहरूले गुनासो गर्दै आएका छन्। तीमध्ये अधिकांश आप्रावासी मध्येपूर्व र एसियाली देशका छन्।

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले अन्य मुलुकमा गैरकानूनी आप्रावासीको प्रवाह बढाउन सहयोग गरेको युरोपेली देशहरुले आरोप लगाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *