चीनले मरुभूमिमा अमेरिकाको नक्कली युद्धपोत बनाएर प्रशिक्षण गर्दै

डिसी नेपाल
२३ कार्तिक २०७८ १५:३२
2.7k
Shares

काठमाडौं। चीनले आफ्नो उत्तर पश्चिमी शिनजियांग प्रान्तको मरुभूमिमा अमेरिकी युद्धपोतहरुको नक्कली आकृति बनाएर अध्यास गरिरहेको स्याटेलाइट तस्वीरहरुबाट खुलासा भएको छ । अमेरिकाको अन्तरिक्ष प्रविधि कम्पनी म्याक्सरले प्राप्त गरेको एक तस्वीरमा रेल ट्रयाकमा एक युद्धपोत जस्तो आकृति राखिएको छ ।

अमेरिकी नौसेनाको विशेषज्ञ मानिने वेबसाइट युएसएनआइका अनुसार यो आकृति सेनाले बनाएको लक्ष्य हो । चीनले वर्षौंदेखि एन्टि शिप ब्यालेस्टिक मिसाइल विकसित गरिरहेको छ र तिनीहरुको परीक्षण गरिरहेको छ । अमेरिकाले यसअघि नै चेतावनी दिइसकेको छ कि हालका महिनामा दक्षिण चीन सागरमा भएको तनावलाई हेर्दै चीनले तीब्र गतिमा आफ्नो सैन्य क्षमतामा वृद्धि गरिरहेको छ ।

आइतबार युएसएनलाइ न्यूजले तकलामकान मरुभूमिमा जुन आकृतिको तस्वीर सार्वजनिक भएको छ त्यसमा अमेरिकी सेनाको युद्धपोतको रुपरेखा देखिएको र यसको बारेमा थप जानकारी प्राप्त हुन नसकेको बताएको छ । वेबसाइटले तस्वीरका आधारमा अमेरिकी नौसेनाका कम्तीमा २ युद्धपोतहरुको नक्कली आकृति बनाइएको बताएको छ ।

यस किसिमका आकृति बनाइनुले चीनको ध्यान युद्धपोतहरुविरुद्ध आफ्नो क्षमतामा वृद्धि गर्नु भएको देखिएको र यसमा पनि चीनको बढी जोड अमेरिकी नौसैनिक युद्धपोतमा भएको रिपोर्टमा जनाइएको छ । यो वर्षको सुरुवातमा चीनले आवाजको गतिभन्दा ५ गुणा तीब्र, परमाणु क्षमतासहितका हाइपरसोनिक मिसाइलको परीक्षण गरेको आशंका गरिएको थियो जसले अमेरिकाको चिन्ता बढाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *