जो खाली खुट्टा पुरस्कार थाप्न गए
नयाँ दिल्ली । सोमबार भारतको प्रख्यात पद्यमश्री पुरस्कार वितरण समारोह आयोजना भएको थियो। राष्ट्रपति कार्यलयमा आयोजित समारोहमा पदक थाप्न मानिसहरू तामझामसहित उपस्थित भएका थिए। त्यही भिडमा दुई ओटा अनौठा दृश्यले सहभागीको ध्यान तानेको थियो।
समारोहमा एक महिला आफ्नो आदिवासी भेषमा खाली खुट्टा पुगेकी थिइन्। उनी थिइन वातवरणविद् तुलसी गोवाडा। ७२ वर्षीय तुलसी कर्नाटकको हलाक्की जनजाती समुदायकी महिला हुन्।
गरिव परिवारमा जन्मिएकी उनले कुनै औपचारिक शिक्षा पाइनन्। यद्यपी, उनी जगंलको ‘इन्साइक्लोपेडिया’ नामबाट चिनिन्छिन्। किनकी, उनलाई विभिन्न प्रजातिका बनस्पति र विरुवाबारे राम्रो ज्ञान छ।
उनले १२ वर्षको उमेरदेखि नै बिरूवा रोप्न थालेकी थिइन्। रोपेका बिरुवाको हेरचाह उनी आफैंले गर्थिन् । तुलसी वन विभागमा पनि काम गर्छिन्।
राष्ट्रपति रामनाथ कोविन्दबाट पुरस्कार लिने क्रममा मञ्चमा पुग्दा तुलसीको प्रधानमन्त्री नरेन्द्र्र मोदी र गृहमन्त्री अमित साहसँग भेट भएको थियो । मोदी र साहले उनलाई दुई हात जोडेर सम्मानसाथ अभिवादन गरेका थिए।
त्यस्तै, अर्का पुरस्कृत व्यक्तित्व ६५ वर्षीय सुन्तला व्यापारी हरेकाला हजाब्बा पनि खाली खुट्टा राष्ट्रपति कार्यालय पुगेका थिए। सुन्तला बिक्रीको कमाईबाट हजाब्बाले दक्षिण कन्नाडाको एउटा गाउँका गरिव बालबालिकाहरूका लागि प्राथमिक र माध्यामिक विद्यालय खोलेका थिए।
सो अवसरमा राष्ट्रपति रामनाथ कोविन्दले सात जनालाई प्रतिष्ठित पद्म विभूषण, १० जनालाई पद्म भूषण र १०२ जनालाई पद्मश्री पुरस्कारबाट सम्मानित गरेका थिए।







डिसी नेपाल







Facebook Comment