बंगलादेशका पूर्वप्रधानन्यायाधीशलाई ११ वर्ष जेल सजाय

डिसी नेपाल
२४ कार्तिक २०७८ ९:२३
104
Shares

ढाका । बंगलादेशको एक अदालतले पूर्वप्रधानन्यायाधीशलाई दोषी ठहर गर्दै ११ वर्ष जेल सजाय सुनाएको छ। विशेष अदालतले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हलाइ दोषी ठहर गरेको हो। सिन्ह्वा वंगलादेशको अल्पसंख्यक हिन्दू समुदायबाट देशको पहिलो प्रधानन्यायाधीश बनेका थिए।

सम्पत्ति शुद्धीकरण र ठगीसम्बन्धी छुट्टाछुट्टै अभियोगमा उनलाई ११ वर्ष जेल सजाय सुनाइएको हो। उनले यी दुई मुद्दाको अलग अलग सजाय भोग्नु पर्नेछ।

राजधानी ढाकाको विशेष अदालतका न्यायाधीश शेख नजमुल अलामले मंगलबार सिन्ह्वालाई सम्पत्ति शुद्धीकरण अभियोगमा सात वर्ष र ठगी अभियोगमा चार वर्ष सजाय सुनाएका थिए। सिन्ह्वा हाल क्यानडामा बस्छन्।

७० वर्षीय सिन्ह्वाले अन्य सात जनासँग मिलेर नक्कली कागजात प्रयोग गरेर एउटा बैंकबाट चार करोड टाका रकम हिनामिना गरेको अदालतको ठहर छ।

अदालतले दोषी ठहर गरेका अन्य आठ जनालाई पनि फरक फरक सजाय तोकिएको छ। यसअघि जनबरीमा ढाकाको एक अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। सिन्ह्वा सन् २०१५ को जनबरीमा बंगलादेशको सर्वोच्च अदालतको २१आंै प्रधानन्यायाधीश भएका थिए।

सन् २०१६ मा विदा लिएर अमेरिका गएका सिन्ह्वाले उतैबाट राजीनामा दिएका थिए। उनले सन् २०१७ को नोभम्बरमा राजीनामा दिएका थिए। विदेशमा रहँदा उनले लेखेको पुस्तक ‘ए ब्रोकन ड्रिम’ विवादमा तानिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *