अस्पतालमा ३० वर्षदेखि सबैले ट्वाइलेटको पानी पिइरहेका थिए, अहिले बल्ल भयो खुलासा
काठमाडौं। जापानको एक अस्पतालमा पिउने पानीको लाइन गल्तीवश ट्वाइलेटको लाइनसँग जोडिएको थियो । यो गल्तीका कारण त्यहाँका डाक्टर, नर्स, अन्य कर्मचारी, बिरामी तथा बिरामीका आफन्त सबैले ट्वाइलेटको पानी पिइरहेका थिए । यो सिलसिला ३० वर्षसम्म चलिरह्यो । अस्पताल प्रशासनले अहिले बल्ल यसबारे थाहा पाएको छ ।
जापानी मिडिया योमिउरी शिम्बनका अनुसार २० अक्टोबरमा ओसाका युनिभर्सिटी हस्पिटलले चिकित्सा विभागमा पिउने पानीका केही पाइप गलत ढंगले जोडिएको पाइएको बताएको छ । यो मामिलाको अगाडि जाँच हुँदा निकै आश्चर्यजनक खुलासा भयो । जाँचमा पिउने पानीका कैयौं पाइप ट्वाइलेटसँग जोडिएको खुलासा भयो ।
आश्चर्यजनक कुरा त यो थियो कि यो गलत कनेक्सन १९९३ देखि थियो । १९९३ मा नै यो अस्पताल खुलेको थियो । विगत ३० वर्षदेखि यहाँका कर्मचारी र बिरामी आफ्नो आवश्इकताको लागि ट्वाइलेटको पानी प्रयोग गरिरहेका थिए । अस्पतालका करिब १२० धाराहरुको पाइप ट्वाइलेटसँग जोडिएको पाइएको छ ।
अस्पतालले नयाँ भवन बनाउने निर्णय गरेपछि मात्रै यो गडबडीको खुलासा भएको थियो । नयाँ भवनको निरीक्षणको क्रममा यति ठूलो गल्तीको खुलासा भयो । रिपोर्टमा अस्पतालले हप्तामा कम्तीमा एक पटक पानीको रंग गन्ध र स्वादको जाँच गर्ने गरेको र २०१४ देखि पानीमा कुनै समस्या नपाइएको दावी गरिएको छ ।
मिडियासँग कुरा गर्दै ओसामा हस्पिटलका शोधकर्ता र अस्पतालका उपाध्यक्ष काजुहिको नकातानीले माफी माग्दै भने ‘मलाई धेरै खेद छ कि उन्नत चिकित्सा सेवा प्रदान गर्ने अस्पतालले चिन्ता उन्पन्न गरेको छ ।’ उनले अस्पतालले अब नियमित रुपमा पानीको कनेक्सनको जाँच गर्ने बताए ।







डिसी नेपाल







Facebook Comment