विनोद चौधरीको कूल सम्पत्तिको ३६ गुणा पैसा एलन मस्कले २ दिनमा गुमाए

डिसी नेपाल
२४ कार्तिक २०७८ १६:५५
18.4k
Shares

काठमाडौं। विश्वका सबैभन्दा धनी व्यवसायी एलन मस्कलाई अमेरिकी शेयर बजारले निकै ठूलो झट्का दिएका छन् । उनको कम्पनी टेस्लाको शेयरमा भारी गिरावट आउँदा एलन मस्कको सम्पत्तिमा २ दिनमा ५० अर्ब डलरको गिरावट आएको छ । एलन मस्कले गुमाएको पैसा नेपालका एकमात्र डलर अर्बपति व्यापारी विनोद चोधरीको सम्पत्तिभन्दा ३६ गुणा धेरै हो ।

यो गिरावटपछि एलन मस्कको सम्पत्ति २८८ बिलियन डलर रहेको छ । नेपाली अर्बपति विनोद चोधरीको सम्पत्ति १.४ बिलियन डलर छ । एलन मस्कलाई यति भारी नोक्सानी केवल एक ट्वीटका कारण भएको हो । यति धेरै नोक्सानी भएर पनि उनी विश्वमा दोस्रो धनी व्यापारी जेफ बेजोसभन्दा धेरै अगाडि छन् ।

एलन मस्कले ट्वीटरमा आफ्ना फलोअर्सहरुसँग के उनले अमेरिकी कर नियमको सम्मान गर्दै कर तिर्नको लागि आफ्नो १० प्रतिशत पार्टनरसिप बेच्नुपर्छ भनेर सोधेका थिए । यनका ५७ प्रतिशत फलोअरुहरुले उनले शेयर बेच्नुपर्ने जवाफ दिएका थिए । खासमा अमेरिकामा धेरै ठूला कम्पनीका सीइओ कम्पनीबाट कुनै पारिश्रमिक र बोलन लिँदैनन् त्यसैले करबाट बच्छन् भन्ने प्रश्न उठेको थियो । उनीहरुले आफ्नो शेयर मूल्यमा वृद्धिको आधारमा कर तिर्नुपर्ने आवाज उठेको थियो ।

ट्वीटरमा मस्कको सर्वेक्षणमा ३५ लाखले भाग लिएका थिए । यीमध्ये ५७.९ प्रतिशतले मस्कले शेयर बेच्नुपर्ने पक्षमा भोट गरेका थिए । त्यसपछि सोमबारदेखि टेस्लाको शेयरमा गिरावट आउन थाल्यो । पछिल्लो २ दिनमा टेस्लाको शेयरमा १६ प्रतिशत गिरावट आएको छ । एलन मस्कसँग टेस्लाको करिब २३ प्रतिशत शेयर छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *