प्रदेश नं १ मा ६७ जनामा कोरोना सङ्क्रमण

डिसी नेपाल
२४ कार्तिक २०७८ २२:४४

काठमाडौं।पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ६७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । चार सय ३७ जनाको पीसीआर परीक्षण गर्दा ६४ र ७२ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २७, सुनसरीमा १७, झापामा १०, इलाम र उदयपुरमा दुई/दुई, धनकुटा र भोजपुरमा एकरएक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै २४ महिलासहित ५४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *