पृथ्वीकै सबैभन्दा गहिरो भूकम्प रेकर्ड गरियो

डिसी नेपाल
२५ कार्तिक २०७८ १०:२०
7.8k
Shares

काठमाडौं। वैज्ञानिकहरुले पृथ्वीकै सबैभन्दा गहिरो भूकम्प रेकर्ड गरेका छन् । आम रुपमा भूकम्पको गहिराइ १० देखि ५० किलोमिटर हुने भए पनि वैज्ञानिकले रेकर्ड गरेको यो भूकम्पको गहिराइ भने ७५१ किलोमिटर थियो । वैज्ञानिकहरुले यसलाई सबैभन्दा गहिरो भूकम्प भनेका छन् । यो पृथ्वीको लोअर मेन्टलबाट आएको थियो । यो घटनाले वैज्ञमनिक आश्चर्यमा परेका छन् किनकि यो सतहमा भुकम्प निकै दुर्लभ स्थितिमा मात्र जान्छ ।

वैज्ञानिकहरुले जाँचमा लोअर मेन्टलमा अत्याधिक दबाबका कारण भूकम्प आएको बताएका छन् । लोअर मेन्टलमा खिँचाव वा टुटफुटका कारण अचानक ऊर्जा निस्किएर यो भूकम्प आएको अनुमान गरिएको छ । युनिभर्सिटी अफ नेवादामा जियोमटेरियल्सकी प्रोफेसर पामेला बर्नलीले वैज्ञानिकहरुले मिनरलहरुको यस किसिमको परिवर्तन अपेक्षा नगर्ने बताइन् । उनका अनुसार लोअर मेन्टनमा कुनै दबाब सृजना भए पनि निकै सघन हुने भएकोले त्यहाँ भूकम्प उत्पन्न हुनु निकै दुर्लभ हुन्छ ।

पामेलाका अनुसार पृथ्वीकै सबैभन्दा गहिरो भूकम्पको जाँच चलिरहेको छ । अध्ययनको रिपोर्ट आएपछि मात्रै यस विषयमा केही भन्न सकिनेछ । पृथ्वीकै गहिरो भूकम्पको तीब्रता ७.९ रेक्टर स्केल थियो । त्यसभन्दा पहिले हल्का भूकम्पका लहर आएका थिए । यो जापानको बोनिन आइल्याण्डको मुनि थियो । यसको बारेमा जर्नल जियोफिजिकल रिसर्च लेटर्समा अध्ययन प्रकाशित भएको छ ।

युनिभर्सिटी अफ एरिजोनाका भूकम्प विज्ञानी एरिक काइसरका अनुसार जापानसँग भूकम्प मापन गर्ने विश्वकै सबैभन्दा राम्रो नेटवर्क छ । यसलाई हाइ नेट एरे भनिन्छ । युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्नियाका सिस्मोलोजिस्ट जोन विडेलका अनुसार जापानको यो प्रणालीले अहिले पृथ्वीमा कुनै पनि किसिमको भूकम्प डिटेक्ट गर्न सक्छ । यो निकै संवेदनशील प्रणाली हो । जोन विडेलका अनुार कुनै पनि भूकम्पको गहिराइ नाप्नको लागि अझै धेरै संवेदनशील र अत्याधुनिक यन्त्रको आवश्यकता छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *