अफिस टाइमभन्दा पछि हाकिमले कर्मचारीलाई फोन गर्न नपाउने कानुन बन्यो
काठमाडौं। कार्यालयको लागि काम गर्ने निर्धारित समय सकिएपछि अब हाकिमले कर्मचारीलाई फोन गर्नु वा म्यासेज गर्नु गैरकानुनी हुनेछ । पोर्चुगलमा यो नियम लागू गराउनको लागि कानुन नै बनाइएको छ । यो नयाँ कानुन अनुसार अब अफिसको समय सुरु हुनुभन्दा पहिले र अफिसको समय सकिएपछि आफ्ना कर्मचारीलाई कामको लागि फोन, म्यासेज वा इमेल पठाउने हाकिमलाई सजाय हुनेछ ।
डेलीमेलको रिपोर्टअनुसार पोर्चुगलको संसदबाट पारित गरिएको नयाँ नियमअनुसार यदि कम्पनीहरुले कार्यालय समयभन्दा बाहिर वा सप्ताहान्तमा आफ्ना कर्मचारीलाई फोन वा इमेल गरे भने उनीहरुले दण्डको सामना गर्नुपर्नेछ । कोभिड–१९ महामारीपछि बढेको वर्क फ्रम होम संस्कृति पछि देशको सत्तारुढ पार्टीले यो श्रम कानुन पेश गरेको हो ।
यो कानुन अनुसार वर्क फ्रम होमका क्रममा कम्पनीहरुले कर्मचारीको बिजुली र इन्टरनेटको बिल आर्दि खर्चको भुक्तानी पनि गर्नुपर्नेछ । नयाँ नियमका अनुसार यदि कुनै कर्मचारीको बच्चा सानो छ भने ती कर्मचारीले बच्चा ८ वर्षको हुँदासम्म घरबाटै काम गर्न सक्छन् । यद्यपि पोर्चुगलमा श्रम कानुनमा लागू भएको यो संशोधन १० भन्दा कम कर्मचारी भएका कम्पनीमा भने लागू हुने छैन ।
पोर्चुगलकी श्रम तथा सामाजिक सुरक्षा मन्त्री एना मेन्देस गोडिन्होका अनुसार कोभिड १९ महामारीको क्रममा घरबाट काम गर्नु नयाँ वास्तविकता बनेको छ । त्यसैले टाढैबात्र काम गर्ने प्रक्रियालाई धेरै सजिलो बनाउन यो नियम ल्याइएको हो ।







डिसी नेपाल







Facebook Comment