११ वर्षकी बालिकाको गर्भमा ५ महिनाको बच्चा, गर्भपतनको विषयमा पूरै देशमा बबाल
काठमाडौं। दक्षिण अमेरिकी देश बोलिभियामा ११ वर्षकी एक बालिका गर्भवती भएपछि उनको गर्भपतन गराउने विषयमा पूरै देशमा बबाल भएको छ । मानव अधिकार कार्यकर्ताहरुले उनको गर्भपतन गराउनुपर्ने कुराको समर्थन गरेका छन् भने केही धार्मिक संगठनहरुले यसको विरोध गरेका छन् । यो घटनापछि बोलिभियामा गर्भपतनको विषयमा हंगामा मच्चिएको छ ।
डेलीमेलको एक रिपोर्टअनुसार सौतेनी हजुरबुवाले यौनशोषण गरेपछि ११ वर्षकी बालिका गर्भवती भएकी थियन् । खुलासा भएपछि हजुरबुवालाई जेल पठाइयो तर बालिकाको गर्भको विषयर्ला लिएर विवाद बढ्यो । एकतिर मानवअधिकार संगठनले बालिकाको गर्भपतन गराउने सल्लाह दिइरहेका छन् भने क्याथोलिक चर्च र धार्मिक संगठन यसको विरोधमा छन् । यो विवादले अहिले त्हाँ तीब्र बहस सुरु भएको छ ।
यो केसमा क्याथोलिक चर्चको हस्तक्षेपमाथि गम्भीर रुपमा प्रश्न उठाइएका छन् । धार्मिक समूहहरुले पीडितकी आमासँग सम्पर्क गरेको र उनलाई गर्भपतनको विरोध गर्नको लागि राजी बनाएको दावी गरिएको छ । तर, मानवअधिकार संगठन र गर्भपतन सम्बन्धी कानुनका कारण पीडितको परिवारले आफ्नो फैसला बदलेका छन् ।
बोलिभियाकी मानव अधिकार कार्यकर्ता एन पाओला गार्सियाले भनिन् ‘बालिकालाई यो पनि थाहा थिएन कि गर्भवती हुनु भनेको के हो ? उनले आफ्ना काकातर्फका दाइलाई आफूले पेटभित्र केही हल्लिरहेको महसुस गरेको बताएकी थिइन् । दाजुले आमालाई बताएपछि आमाले पुलिसलाई सूचना दिएकी थिइन् ।’ बोलिभियामा आम रुपमा गर्भपतन अवैध छ तर यौन आक्रमण, जन्मजात विकृति वा आमाको ज्यान खतरामा भएको अवस्थामा भने गर्भपतन गराउन पाइन्छ ।







डिसी नेपाल







Facebook Comment