पार्टी विभाजन गर्नु माधव नेपालकाे गम्भीर भुल : युवराज ज्ञवाली उपाध्यक्ष, एमाले (भिडियाे)

मदन कोइराला
२६ कार्तिक २०७८ १०:०४

काठमाडौं। नेकपा एमालेको दशौं महाधिवेशन नजिकिएसँगै भावी नेतृत्वका विषयमा बहश र छलफलले तीव्रता पाएको छ। पार्टी विभाजनपछि हुन लागेको महाधिवेशनमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिने भन्दा पनि सहमति मै नेतृत्व चयन गर्नुपर्ने आवाज उठेको छ।

पार्टी विभाजिनपछि ओली विरोधी खेमा बाहिरिएको अवस्थामा ओलीलाई चुनौती दिने नेता एमालेमा नरहेको चर्चाकाबीच नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीसँग गरिएको कुराकानीको मुख्य अंश :

एमाले अध्यक्ष चयन सर्वसम्मत हुन्छ या निर्वाचन हुन्छ? यहाँको पहल केमा हुनेछ ?

मेरो पहल सकेसम्म सर्वसम्मति गर्ने मै रहन्छ। मेरो भनाइ के छ भने कमसेकम अध्यक्ष लगायत १५ जना पदाधिकारी भनेर विधानमा व्यवस्था गरेका छौँ। त्यसैले सबैमा सर्वसम्मति नेतृत्व चयन गर्ने वातावरण गरौँ।

पदाधिकारीमा मात्र हैन, केन्द्रीय कमिटीका सदस्यहरुमा पनि एउटा तरिका के अपनाउन सकिन्छ भने जतिधेरै मान्छेमा सहमति गराउन सकिन्छ, त्यति नै धेरै सहमति गर्ने तर सहमति हुन नसकेको स्थितिमा त्यसमा मात्र प्रतिस्पर्धा गर्नेमा मेरो पहल हुनेछ।

यसको मतलब अरु जे भएपनि तपाईं केपी ओलीलाई नै सहज रुपमा निरन्तरदा दिउँ भन्दै हुनुहुन्छ ?

अहिले म व्यक्ति विशेषमा गइराखेको छैन। म के भन्दै छु भने अहिले अध्यक्ष पनि भइराखेको र पूर्व प्रधानमन्त्रीसमेत भइसकेको व्यक्ति भएकाले स्वत रुपले उहाँ हामी भन्दा सिनिएर नेता हुनुहुन्छ। अब सहमतिको वातावरण बन्यो भने स्वत रुपमा केपी ओली नै अध्यक्ष बन्नुहुन्छ। अब सहमति नहुँदा समस्या कहाँ छ भने प्रतिस्पर्धी निस्किने स्थिति आउँछ। त्यसो भएको हुनाले सबै पदमा अन्य उम्मेदार रहनसक्छ।

त्यसैले म के भन्दै छु भने अध्यक्ष लगायत पदाधिकारीमा सर्वसम्मत गरौँ। त्यसपछिका पदहरुमा पनि जुन हदसम्म सहमति गर्न सकिन्छ। त्यही हदसम्मको सहमति गरौं। २२५ मध्ये सय जनासम्मको मात्र सहमति गर्न सकियो भने त्यो पनि त राम्रो हो नि!

यहाँहरु विषेशतः १० बुँदे सहमति गरी मुलधार मै रहनु भएको नेताहरु सहमतिको बाटो खोज्नुको कारण पार्टी भित्रको संघर्षका कारण कार्यकर्ता माझको लोकप्रियता घटेको भएले पद सुरक्षित गर्नका लागि सहमतिको नारा लगाउनु भएको पनि भन्छन् नि?

यो कुरा कुनै व्यक्तिको भएको कुरा हैन। सिंगो पार्टीको कुरा हो। पार्टीलाई संगठित बनाउने कि नबनाउने भन्ने प्रश्न हो। प्रथम कुरा त पार्टी विभाजित नै भइराखेको छ। त्यसकारण पार्टी फुटेको असर स्वभाविक रुपमा चुनावमा पर्छ। त्यसो भएकाले चुनावमा त एक भोटको पनि महत्व रहन्छ।

अध्यक्ष लगायत पदाधिकारीमा सर्वसम्मत गरौँ। त्यसपछिका पदहरुमा पनि जुन हदसम्म सहमति गर्न सकिन्छ। त्यही हदसम्मको सहमति गरौं। २२५ मध्ये सय जनासम्मको मात्र सहमति गर्न सकियो भने त्यो पनि त राम्रो हो नि!

त्यसकारण यो चुनाव हाम्रो लागि त्रुटीपूर्ण रहेको छ। अर्को कुरा पाँच दलीय गठबन्धन भनेको छ। त्यो पाँच दलीय गठबन्धनले एमालेलाई जसरी पनि हराउने भनेर भनिराखेको अवस्था छ। यस्तो अवस्थामा एमालेलाई जसरी पनि कमजोर पार्ने खेल सुरु भइराखेको छ। यो प्रत्यत्न भइराखेको छ। त्यो योजना बनिराखेको छ। यो कुरालाई मध्येजनर राखेर एकता हौँ। र सहमतिको नेतृत्व चयन गर्ने एमालेको आवश्यक्ता रहेको छ भन्ने मेरो भनाइ हो।

केपी ओलीलाई यहाँहरुले पार्टी भित्र अन्र्तसंघर्ष चहिरहँदा निरंकुशवादी भन्दै आउनु भएको थियो। अहिले केपी ओली सच्चिनु भयो त? पहिलेको ओली र अहिलेको ओलीमा के फरक पाउनु भयो?

को सच्चियो, को सच्चिएन भन्ने जिम्मा म लिन्न। पार्टी भित्र के हुन्छ भने एउटै पार्टीमा रहनु भनेको बिचारमा समानता भएपछि मात्र बस्न सकिन्छ। अहिले केपी ओलीदेखि ठूलो पंक्ति एमालेमा किन छ भने एमालेले अपनाएको बिचार दृष्टिकोणमा आधारभूत रुपमा हामी सात लाख पार्टी सदस्यको सहमति छ। हाम्रो एउटै लक्ष्य उद्देश्य भनेको समाजवादको लक्ष्य हो।

त्यसमा हामी सबैको सहमति रहेको छ। अहिले हामीले समाजवादको आधार तयार गर्ने हो। हामी लोकतान्त्रिक प्रणालीको आधारमा अगाडि बढ्ने हो। यसमा हामी सबैको सहमति रहेको छ। त्यसैले आधारभूत विषयहरुमा हाम्रो सहमति भने, कतिपय सवालमा असहमति पनि हुन्छन्।

तर मूलभूत विषयमा सहमति भइसकेपछि स्वभाविक रुपमा यसलाई सहमति नै भएको मान्नुपर्दछ। कतिपय बिगतका कुराहरुको समीक्षा गर्दापनि असहमति हुनसक्छ। जस्तै संसद विघटन ठिक कि बेठिक भन्यो भने हामी असहमति नै जनाउछौं। तर त्यो विगतको कुरा समीक्षाको विषय हैन। अहिले संसद त विघटित छैन नि! तर हामीले जे कुरामा असहमति गरेका थियौं, त्यो अदालतले छिनोफानो गरिसकेको छ।

अर्को कुरा हामीले पार्टीमा फर्किँदा पार्टी पूर्ववत अवस्थामा फर्किनुपर्छ भनेका थियौं। त्यसमा १० बुँदे सहमति भयो र हामी पूर्ववत अवस्थामा फर्केका छौँ। तर केही ठाउँमा अवश्य पनि पार्टी पूर्ववत् अवस्थामा फर्केको छैन। त्यो समस्या सुदूरपश्चिमामा कायमै छ। तर अधिकांक्ष ठाउँहरुमा यो सहमति भइसकेको छ। त्यसकारण अधिकांक्ष ठाउँहरुमा कार्यान्वयन हुनु भनेको मूलभूत रुपमा कार्यान्वयन हुनु हो।

लामो समय माधव नेपाललाई साथ दिनु भयो। माधव नेपाल खास एमालेमा रहन नसक्नुको कारण के रहेछ? ओली प्रविृत्ति हो या व्यक्तिसँगको टकराव थियो या सैद्धान्तिक विषयमा असहमति ?

म के भन्छु भने पार्टी भित्र कतिपय विषयहरु मन पर्दैन। यो लाखौंको परिवार भएको पार्टीमा कसैसँग निकटता पनि हुन्छ। कसैसँग दूरी पनि रहन्छ। यो प्राकिृतिक कुरा हो। तर यसरी बेमेल हुँदा हुँदैपनि आधारभूत रुपमा समानता छ भने अरु तमाम विषयहरुलाई पार्टी भित्र नै राख्नुपर्छ। हामीले राजनीति गरेको दशकौं भयो तर कसैकसैसँग कुराहरु मिलेको हुँदैन। सत्तप्रतिशत मिलेको दुनियाँमा कँही पनि छैन।

इतिहासमा यसको मूल्याङकन हुँदै जान्छ। यो घटनाले कम्युनिष्ट आन्दोलनलाई ठूलो क्षति हुनेछ। अहिले एमालेलाई कमजोर पार्ने खत्तम पार्ने भन्दै हिँड्नु भएको छ। तर यो पार्टी त उहाँले पनि बनाउनु भएको पार्टी हो नि, १५ वर्षसम्म यही पार्टीको नेतृत्वमा रहनु भयो। त्यसकारण पार्टीमा असहमति भएपछि त पार्टीमै सहमति खोज्ने हो नि त। त्यसैले उहाँ किन जानु भयो उहाँले नै जवाफ दिनुहुन्छ।

तर आधारभूत कुराहरु मिलेको हुन्छ। त्यहाँ एकताबद्ध भएको भएको हुन्छ। त्यसो भएको हुनाले माधव नेपालजीको पनि कतिपय कुराहरुमा चित्त नबुझेको विषयहरु थिए होलान्। तर त्यो कुरा त पार्टी भित्र नै चलाउनुपर्छ! उहाँ १५ वर्षसम्म पार्टीको महासचिव रहनुभएको थियो। के त्यहाँ असहमति थिएन? तर पनि के भयो भने पार्टीमा छलफल गर्दै,समाधान र निर्णय गर्र्दै पार्टीलाई आज यहाँ सम्म त ल्याएका हौँ नि!

त्यो बेला हामी पार्टी भित्र नै समाधान गरेर आयौं। आगामी दिनमा पनि हामी के गर्न सक्थ्यौं भने त्यस्ता बेमेलका विषयहरुलाई पार्टी भित्रै बसेर समाधान गर्न सकिन्थ्यो। तर उहाँले त्यो मान्नु भएन र विभाजन गर्नु भयो त्यो गम्भीर र ऐतिहासिक भूल हो।

यो गल्तीले उहाँलाई ठूलो दुख हुनेछ। अहिले त उहाँ खुसी देखिनु भएको छ। केपीजीसँग अलग भइयो, सँगै काम गर्न परेन भनेर ‘रिल्याक्स’पनि भएको होला। तर उनले यतिमै मुक्त पाउने छैनन्। इतिहासमा यसको मूल्याङकन हुँदै जान्छ। यो घटनाले कम्युनिष्ट आन्दोलनलाई ठूलो क्षति हुनेछ।

अहिले एमालेलाई कमजोर पार्ने खत्तम पार्ने भन्दै हिँड्नु भएको छ। तर यो पार्टी त उहाँले पनि बनाउनु भएको पार्टी हो नि, १५ वर्षसम्म यही पार्टीको नेतृत्वमा रहनु भयो। त्यसकारण पार्टीमा असहमति भएपछि त पार्टीमै सहमति खोज्ने हो नि त। त्यसैले उहाँ किन जानु भयो उहाँले नै जवाफ दिनुहुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *