तरलता अभावको समस्या तत्काल समाधान गर्न आग्रह

डिसी नेपाल
२६ कार्तिक २०७८ १७:०५

काठमाडौँ ।नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या तत्काल समाधन गर्न नेपाल सरकार र नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन् ।

उनले भने, “विगत दुई वर्षभन्दा लामो समयदेखि कोभिड–१९ को महामारीबाट थला परेको अर्थतन्त्र विस्तारै उठ्दैछ, मुलुकको उद्योग व्यवसाय विस्तारै सुधार हुने अवस्थामा देखिएको छ । यही समयमा बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्याले यसलाई थप मारमा पार्न सक्छ, त्यसैले यो समस्या हल गर्न सरकार गम्भीर हुनुपर्छ ।”

आज भक्तपुर उद्योग वाणिज्य सङ्घको ३४औँ वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड–१९ को महामारीबाट थला परेको व्यावसायिक क्षेत्र विस्तारै सुधार हुने अवस्थामा रहेको हुँदा अहिले बजारमा देखिएको तरलता समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकले तत्कालै कदम चाल्न नसके यसले दीर्घकालीन समस्या उत्पन्न गर्ने बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *