ट्रम्पका पूर्व सहयोगीमाथि अवहेलना आरोप

डिसी नेपाल
२७ कार्तिक २०७८ ११:२८
96
Shares

काठमाडौं। अमेरिकाको संसद भवनमा भएको हिंसाको बारेमा बयान दिन अस्वीकार गरेका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका रणनीतिक सल्लाहकार रहेका स्टिभ बेननमाथि कांग्रेसको अवहेलना आरोप लगाइएको छ । राइट विंग मिडिया एग्जिक्युटिभ रहेका बेननलाई बयान दिनको लागि समन पठाइएको थियो । उनलाई त्यो दिन भएको विरोधका योजनाबारे उनलाई के थाहा थियो भन्ने विषयमा बयान दिन बोलाइएको थियो ।

६७ वर्षका बेननका वकिलहरुले यस सन्दर्भमा तर्क दिएका छन् कि पूर्व राष्ट्रपतिको साथमा उनको जे पनि कुरा भयो त्यो पूरै सुरक्षित थियो । कांग्रेसको अवहेलना गरेको आरोप अनुसार बेननलाई एक वर्षसम्म जेल र करिब १ लाख डलर जरिवानाको सजाय हुन सक्छ ।

२०२० को ६ जनवरीमा संसद भवन क्यापिटल हिलमा भएको आक्रमणको जाँच गर्ने प्रतिनिधि सभाको चयन समितिको जाँचपछि यो पहिलो यस्तो अभियोग लगाइएको हो । बेननमाथि बयान दिनको लागि पेश हुन अस्वीकार गरेका कारण अवहेलनाको पहिलो अभियोग दर्ता गरिएको छ । दोस्रो अभियोग समितिका अगाडि जरुरी दस्तावेज पेश गर्न अस्वीकार गरेकोमा दर्ता गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *