समुद्रभित्र भारी मात्रामा भेटियो कोरोनाभाइरसको स्थायी उपचार

डिसी नेपाल
२७ कार्तिक २०७८ १५:३६
896
Shares

काठमाडौं। कोरोनाभाइरस महामारी फैलिन सुरु भएको २ वर्ष हुनै लागेको छ तर अझैसम्म यसको बलियो उपचार भेटिएको छैन । विश्वभरका वैज्ञानिक यसको स्थायी उपचार खोज्न जुटिरहेका छन् । वैज्ञानिकहरुले समुद्रको गहिराइमा यस्तो पदार्थ फेला पारेका छन् जुन कोरोनाभाइरसको स्थायी उपचार बन्न सक्छ । यो समुद्रको गहिराइमा भारी मात्रामा उपलब्ध छ ।

वैज्ञानिकहरुका अनुसार पेनिसिलिन चिकित्सा इतिहासको सबैभन्दा ठूलो खोज थियो । यो प्राकृतिक रुपमा उपलब्ध एन्टिबायोटिक हो । तर, यसबाट उपचारको तरिका त्यतिबेलासम्म कसैलाई थाहा थिएन । जब यसबाट उपचारको तरिका मानिसलाई थाहा भयो त्यसपछि इतिहास नै बदलियो । त्यसैले अब कोरोनालाई हराउनको लागि पनि हामीलाई यस्तो एन्टिभाइरल चाहिन्छ जो प्राकृतिक रुपमा भारी मात्रामा उपलब्ध होस् ।

समुद्री जीवबाट प्राप्त पदार्थबाट उपचार गर्ने कुरालाई अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले सहमति दिएको छ । यीमध्ये कैयौं पदार्थहरु क्लिनिकल ट्रायलको अलग अलग चरणमा छन् । यस्तै एक पदार्थ हालै वैज्ञानिकहरुले समुद्रभित्र फेला पारेका छन् । यो पदार्थ समुद्री एल्गी, स्क्विड र माछाहरुमा पाइन्छ । यसलाई मरिन सल्फेटेड पोलीस्याकेराइड्स (एमएसपीज) भनिन्छ ।

युनिभर्सिटी अफ द वेस्ट अफ स्कटल्याण्डका शोधकर्ता अब्दल्ला मोहम्मदसालिहले द कन्भर्सेसनका लागि लेखेको एक रिपोर्टअनुसार एमएसपीज एक खास किसिमको कार्बोहाइड्रेट हो जसभित्र सल्फर पाइन्छ । यो सल्फर समुद्री एल्गी वा सिविड्सका कोशिकाहरुको बाहिरी भित्तामा भरिएको हुन्छ । यो केही माछाहरु र म्यानग्रुभ वनस्पतिहरुमा पनि पाइन्छ । एमएसपीजका विषयमा वैज्ञानिकले लगातार प्रयोग गरिरहेका छन् । यसले हर्पिस सिम्प्लेक्स भाइरस, एचआइभी, चिकनगुनिया, साइटोमेगालो भाइरस, इन्फ्लुएन्जा र हेपाटाइटिस भाइरसविरुद्ध राम्रो प्रभाव देखाएको छ ।

समुद्री एल्गी खोज्नु, त्यसलाई बाहिर निकाल्नु, त्यसलाई पशोधन गरेर त्यसबाट एमएसपीज निकाल्नु र त्यसबाट औषधि वा खोप बनाउनु यो लामो र जटिल प्रक्रिया हो । तर, सबैभन्दा खुसीको कुरा के भने एमएसपीज उपलब्ध हुने एल्गी र सिविड्सको मात्रा समुद्रमा निकै धेरै छ । त्यसैले विश्वभरका मानिसहरुको लागि यसबाट करोडौं डोज औषधि बनाउन सकिन्छ ।

एमएसपीजका विषयमा वैज्ञानिकहरुले कैयौं पुराना रिसर्च रिपोर्टहरुको अध्ययन गरेका छन् । पछिल्लो २५ वर्षमा ८० वैज्ञानिक शोधपत्रमा एमएसपीजको विशेषताको बारेमा उल्लेख भएको पाइएको छ । यो पर्दा कैयौं किसिमका भाइरसलाई मार्ने र त्यसको संक्रमण रोक्न सक्षम छ । त्यसपछि वैज्ञानिकहरुले खोजबिन गर्दा प्रकृतिमा यस्ता ४५ पदार्थ भेटिए जसमा एन्टिभाइरल क्षमता छ तर तिनीहरुको जाँच हुन बाँकी छ ।

यी ४५ किसिमका एमएसपीजहरु कैयौं प्रकारका समुद्री स्रोतहरु एल्गी, मायक्रोएल्गी, समुद्री खिरा, स्क्विड कार्टिलेज आदिमा पाइन्छ । एमएसपीजको रासायनिक कणहरुको थ्रिडी कम्प्युटर मोडल बनाउँदा यसले कोरोनाभाइरसको स्पाइक प्रोटिनलाई नष्ट गरिदियो अर्थात कोरोनाभाइरस बाँच्ने आधार नै यसले नष्ट गरिदियो ।

एमएसपीज जस्तै हिपेरिन नामको एउटा रसायन हुन्छ । अहिलेसम्मको जाँचमा यो पनि कोरोनाभाइरसविरुद्ध निकै प्रभावकारी पाइएको छ । यसले कोरोनाभाइरसको स्पाइक प्रोटिनलाई बाँधिदिन्छ र भाइरसलाई कोशिकामा प्रवेश गर्नबाट रोक्छ । तर यो रगत पातलो गराउने औषधि हो त्यसैले यो कोरोनाभाइरसको औषधिको रुपमा उपयुक्त छैन ।

वैज्ञानिकहरुले खोजी गरेका ४५ एमएसपीज मध्ये ९ वटामा हिपेरिनको जस्तै विशेषता छन् जसका कारण यिनीहरु कोरोनाभाइरसको औषधि बन्न सक्छन् । यी ९ पदार्थबाट भविष्यमा कोरोनाभाइरसको स्थायी औषधि वा खोप बनाउन सकिन्छ । जस्तो कि एल्गीमा पाइने क्यारेगिनन नामको पदार्थ रुघाखोकीविरुद्ध प्रयोग गरिन्छ । यो पदार्थ कोभिड १९ विरुद्ध पनि प्रभावकारी हुन सक्छ भन्ने परीक्षणमा पनि पुष्टि भइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *