जेफ बेजोसको कम्पनीमार्फत अन्तरिक्ष घुम्न गएका पर्यटकको विमान दुर्घटनामा मृत्यु

डिसी नेपाल
२८ कार्तिक २०७८ १०:४३
1.1k
Shares

काठमाडौं। जेफ बेजोसको कम्पनी ब्लु ओरिजिनमार्फत गत महिना अन्तरिक्ष घुम्न गएका पर्यटक ग्लेन डि भ्रिसको विमान दुर्घटनामा मृत्यु भएको छ । अमेरिकाको न्यू जर्सी पुलिसका अनुसार ४९ वर्षका डि भ्रिसको बिहीबार मृत्यु भएको हो ।

न्यू जर्सीको ससेक्स काउन्टीमा बिहीबार दिउँसो ३ बजे दुर्घटना भएको हो । घटनामा डि भ्रिससँगै ५४ वर्षका थोमस पी फिसरको पनि मृत्यु भएको छ । संघीय विमान प्रशासन (एफएए) ले दुर्घटनाको जाँच गरिरहेको छ ।

ब्लु ओरिजिनले ग्लेनको मृत्युमा दुःख व्यक्त गर्दै ट्वीट गरेको छ ‘ग्लेन डि भ्रिसको आकस्मिक निधनको बारेमा थाहा पाउँदा हामी धेरै दुखी र अचम्मित छौं । उनले पूरै ब्लु ओरिजिन टिम र आफ्ना साथीहरुको जीवनलाई एक ऊर्जाले भरिदिएका थिए । उड्डयनको लागि उनको लगाव, उनका परोपकारी कार्य र शिल्पप्रति उनको समर्पण सधैं स्मरण गरिनेछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *