देउवाले हैसियत भुलेपछि…

डिसी नेपाल
२९ कार्तिक २०७८ ६:५२

काठमाडौ। ‘संस्कारी मानिसले यदि राजनीति ग¥यो र नेतृत्व गर्‍ यो भने देशलाई स्वर्ग बनाइदिन्छ। कुसंस्कारी मानिसले यदि राजनीति ग¥यो र नेतृत्व गर्‍यो भने नेपाल बनाइदिन्छ।’ न्यूरोडको पिपलबोटमा जुत्ता टल्काउन दिँदै गर्दा उभिएका एक बुज्रुकको भनाइ हो यो।

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई गर्नसम्म गाली गरे। देउवालाई उनले सबैभन्दा बढी कुसंस्कारी भनी गालीसमेत गर्न भ्याए। जनभावना प्रतिनिधिले उनको परिचय माग्दा दिएनन्। उनले यतिमात्र भने, ‘ए भाइ तपाईं मेरो नाम छापेर के गर्नुहुन्छ ? कसलाई फुर्सद छ मेरो कुरो सुन्ने? यति बुझ्नुस् भलै राजदरबारभित्र जस्तोसुकै खेल होस् उनीहरुले जनतालाई सधैं राम्रो सन्देश दिन्थे। आफूहरु जस्तोसुकै चक्करमा लागे पनि जनतालाई नैतिकता सिकाउँथे। अहिले त्यस्तो छ?’ परिचय लुकाउँदै उनले भने, ‘हेर्नुस् म एक पीडित नेपाली हुँ जसले देश चार वर्ण छत्तीस जातमा मिलेर बसेको देख्न चाहेको तर त्यो भएन। भ्रष्टाचार शून्य भएको देख्न चाह्यो तर भएन। संस्कार देख्न चाह्यो तर भएन । नेता नैतिकबान भएको देख्न चाह्यो तर भएन । कुनै एक जना नेता बताइदिनुस् मलाई आज कि यो भयो भने देश बन्छ । कोही छैन। यो नीति परिवर्तन नभएसम्म देश बन्दैन। मलाई एक पीडित नेपाली भन्दिनुस्। मजस्ता धेरै नेपालीले दुःख पाइपाइ मर्ने दिन आउँदैछ यहाँ।’

हुन पनि नेताहरुले संस्कार भुल्दा अहिले बेथिति बाहेक केही पनि छैन। लुट्न सके लुट्ने र खाने कलियुग ब्याप्त छ। नताहरुलाई लुट्न लाइसेन्स प्राप्त भएको जस्तो लाग्छ। र यसका सरदार बनेका छन् शेरबहादुर देउवा। केही अघिसम्म केपी शर्मा ओली त्यसका सरदार थिए। ओली सरकारल निम्त्याएका भ्रष्टाचारलाई देउवाले झन् बढाइ दिए। विधिको शासन लत्याइदिए। जसल से सदलाई स्वार्थको साधन बनाउँछ ऊ लोकतान्त्रिक हुनै सक्दैन ।

उसले दश बनाउन सक्दैन र उसले जनताको आवाज सुन्न खोज्दैन। तिनै गलत प्रवृत्तिका सरदार बनेका छन् शेरबहादुर देउवा। तिनै देउवा पाँच पटक प्रधानमन्त्री भइसकेका छन्। राजसंस्था रहेका बेलामा तीन पटक र राजसंस्थालाई ‘कू’ गरेर ढालेपछि दुई पटक। तर तिनै प्रधानमन्त्री देउवाले गत हप्ता पर्वू राजा ज्ञानेन्द्र शाहलाई अपमान गरे। जसले सहर्ष राजाको श्रीपेच सुरक्षित राख्नू भन्दै कुनै प्रतिक्रिया नजनाइ जनतालाई नारायणहिटी राजदरबार सम्पने राजालाई देउवाले अपमान गर्न भ्याए। उनले शाहलाई ‘सत्ता चलाउन भए चुनाव लड्न आउ’ भने जो नालायक भएर सत्ताबाट निकालिए र पछि फेरि त्यही पद पाएपछि लोकतन्त्र सच्चियो भने तिनै देउवाले ती त्यागी राजालाइ देखाएको हैसियत पटक्टै सुहाएन।

उनले आफ्नो हैसियत भुले। त्यो पनि त्यागी नेता गणेशमान सिंहको जन्मजयन्तीको अवसरमा। जबकि गणेशमानको त्यागको एक गुण पनि देउवाले अहिलेसम्म देखाउन सकेका छैनन्। उनी नेपाली राजनीतिका सबभन्दा असंस्कारी र अहितकारी प्रधानमन्त्री हुन्। उनी आफैं प्रधानमन्त्री भएका बेलामा पार्टी फुटाएका थिए। अर्थात उनले आफू भन्दा ठूलो कोही छैन भन्ने अहम् सधैं पालिरहे। आफू प्रधानमन्त्री भएका बेलामा सासदहरुलाई मसाज गराउन बैंकक पठाए। त्यो पनि ५५ जनाको जम्बो टोली। उनको नियत यसबाट स्पष्ट हुन्छ। जनभावना साप्ताहिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *