अष्ट्रेलियाबाट रिलिज गरिएको सुनिलको हाम्रो सम्बन्धमा करण र हिलारीको रोमान्स

डिसी नेपाल
२९ कार्तिक २०७८ ७:४३
232
Shares

काठमाडौं। लोकप्रिय लोकपप गायक सुनिल गिरीको हाम्रो सम्बन्ध बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गायक गिरीकै संगीत सृजना रहेको गीतका शब्द हिमांशु रायमाझी गोधुलीको शब्द शृजना समावेश छन्। सार्वजनिक गीतको एरेन्ज रोमन बज्रचार्यले गरेका हुन्।

अष्ट्रेलियाको ब्रिसबेन, गोलकोस्ट, लगायतका रमणीय स्थानहरुमा छायांकन गरिएको गीतमा करण गुरुगं र हिलारी रावलको अभिनय रहेको छ।

त्यस्तै भिडियोमा करण र हिलारीलाई बिक्रम भण्डारी, स्माइली श्रेष्ठ, किशोरी विष्टले अभिनयमा साथ दिएका छन्। एउटा संगीत प्रेमी गितारिष्टको प्रेम कथालाई निर्देशक सुदिप विष्टले कलात्मक शैलीमा तयार पारेका छन्।

निर्देशक विष्टले नै उक्त भिडियोको छायांकन, सम्पादन, कलरिगं गरेका छन् । किरण मगरको कोरियोग्राफी रहेको भिडियोमा कञ्चन कार्कीको मेकअप रहेको छ । भिडियो गायक गिरीको अफिसियल च्यानलबाट बजारमा आएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *