ओखलढुंगा दुर्घटना अपडेट : एकै गाउँका चार जनाकाे मृत्यु

डिसी नेपाल
२९ कार्तिक २०७८ १२:२३

ओखलढुंगा। ओखलढुंगाकाे चम्पादेवीस्थित ककनी मन्दिर दर्शनका लागि गएका चार जना यात्रुकाे दुर्घटनामा ज्यान गएकाे छ। सुनकाेसी गाउँपालिका-९ कटुञ्जेमा भएकाे दुर्घटनामा उनीहरूकाे घटनास्थलमै मृत्यु भएकाे हाे।

क्षमताभन्दा बढि यात्रु बाेकेकाे प्रदेश ३-०१-०२२ च ९६९४ नम्बरको गाडी दुर्घटनामा परेको थियाे। मन्दिरतर्फ जाने क्रममा गाडी सुनकोशी गाउँपालिका-९ को जौबारी नजिकैको कुसाङ भन्ने स्थानमा सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी गाेविन्द काफ्लेका अनुसार तीन जनाकाे घटनास्थल र एक जनाकाे उद्धार गरेर उपचारका लागि लैजाने क्रममा ज्यान गएकाे हाे। गम्भीर घाइते चार जनालाई हेलिकाेप्टरबाट काठमाण्डाैं पठाइएकाे छ । अन्य नाै जनाकाे स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेकाे छ।

दुर्घटनामा ज्यान गुमाउनेहरू सबै सिद्धिचरण नगरपालिका १० रुप्सेका रहेका छन्। दुर्घटनामा १७ वर्षीया तुलसा मगर, ३५ वर्षीया मिठुमाया मगर, ३५ वर्षीया शान्ता मगर र उमेर नखुलेका खगेन्द्र मगर छन् । अन्य एक जनाकाे समेत ज्यान गएकाे बताइए पनि पहिचान हुन सकेकाे छैन।

एकै गाउँका मिलेर मन्दिरमा दर्शन गर्न गएका थिए । दुर्घटनमा एकै गाउँका चारकाे मृत्यु र दर्जन बढि घाइते भए पछि गाउँ नै शाेकमा डुबेकाे छ । गाउँका मान्छे यति धेरै दुर्घटनामा परेकाले आफन्त र छरछिमेक सबै शाेकमा डुबेकाे सिद्धिचरण- १० का वडा अध्यक्ष दामाेदर धमलाले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *