प्रदेश एकमा, एक पालिका, एक दमकलको अवधारणा

डिसी नेपाल
२९ कार्तिक २०७८ १२:४४

काठमाडौं। प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेशका सबै पालिकामा दमकलको व्यवस्था गर्ने सरकारको नीति रहेको जानकारी दिएका छन् । ओखलढुंगा जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारी र सरोकारवालाबीच आइतबार सम्पन्न अन्तरक्रियामा उनले ‘एक पालिका एक दमकल’ को अबधारणालाई सरकारले अगाडि बढाएको बताएका छन् ।

“जिल्लामा आइपरेका विपद् व्यवस्थापन गर्न स्रोत साधन अभाव भए तत्काल प्रदेश सरकारलाई माग पठाउनुहोला ।” कार्कीले भने ।कार्यक्रममा पालिका उपप्रमुखले हाल ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा मात्र दमकल रहेको र अन्य स्थानीय तहमा नभएको जानकारी दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *