एकै नजरमा माया बस्दा दुवैको मुटु एउटै धुनमा धड्किन्छ
काठमाडौं। हामीकहाँ ‘एकै नजरमा बस्ने माया’को चर्चा हुने गर्छ । पहिलो नजरमै कोही राम्रो लाग्नु, उसको बोलीचाली, व्यवहार लगायत सबै कुरा मन पर्नुलाई एकै जनरमा माया बस्नु भनिन्छ । पहिलो पटक भेट्दा नै यसरी सबै कुरा मन परेको अवस्थामा दुवैको मुटु एउटै धुनमा धड्किन्छ । दुवैको हर्ट रेट सिंक्रोनाइज हुन्छ, हत्केलामा हल्का हल्का पसिना आउन थाल्छ । यो एक सकारात्मक जैविक सन्देश हो । एक नयाँ अध्ययनमा यसको खुलासा भएको छ ।
यो अध्ययन हालै नेचर ह्युमन बिहेभियर जर्नलमा प्रकाशित भएको छ । यो अध्ययन गर्ने प्रमुख वैज्ञानिक नेदरल्याण्डको लिडेन युनिभर्सिटीकी शोधकर्ता एलिस्का प्रोसाजकोभाले भनिन् ‘तपाइँ अनलाइन डेटिङ साइटमा कसैलाई परफेक्ट सम्झेर खोज्नुहुन्छ तर कैयौं पटक सफल हुनुहुन्न । तर, जब तपाइँ कसैलाई वास्तविक जीवनमा भेट्नुहुन्छ र तपाइँलाई पहिलो नजरमै ऊ राम्रो लाग्न थाल्छ भने मान्नुस् तपाइँको केमेस्ट्री सही गइरहेको छ ।’
एलिस्काका अनुसार यो बाहिरी लुकमा मात्र निर्भर गर्दैन । अगाडिको व्यक्तिको व्यवहार र सोचले पनि अर्थ राख्छ । तपाइँको भित्रबाट आवाज आउँछ कि यही व्यक्ति मेरो सबैभन्दा राम्रो साथी वा पार्टनर बन्न सक्छ । किनकि त्यतिबेला तपाइँको र तपाइँसँग पहिलो पटक भेटिएको व्यक्तिको धड्कन एउटै धुनमा चलिरहेका हुन्छन् । वास्तवमा यो मनोवैज्ञानिक प्रक्रिया हो जो कैयौं प्रकारका जैविक प्रक्रियापछि सुरु हुन्छ ।
जैविक प्रक्रियाहरु भन्नाले हेर्नु, छुनु, मनमा कुराको प्रभाव पर्नु आदि हुन् । यी सबको पछाडि हर्मोनको स्तरमा परिवर्तनले पनि अर्थ राख्छ । एलिस्काले यो प्रक्रिया बुझाउनको लागि १४२ जना हेट्रोसेक्सुअल अर्थात विपरित लिंगीप्रति यौनिक रुपमा आकर्षित हुने युवक र युवतीहरुलाई बोलाइन् । उनीहरुको उमेर १८ वर्षदेखि ३८ वर्षसम्म थियो । उनीहरुलाई खास केबिनमा ४ मिनेटको लागि ब्लाइन्ड डेटमा पठाइयो । यी केबिनभित्र आँखाको प्रतिक्रिया, मुटुको चाल, पसिना लगायतका कुराहरु जाँच गर्ने यन्त्र जडान गरिएका थिए ।
केही जोडीहरुले एक अर्काप्रति धेरै आकर्षण महसुस गरिरहेका थिए । उनीहरुको डेट अगाडि बढ्यो । केहीको डेट सफल भएन । १४२ मध्ये १७ प्रतिशतले अर्को डेटको माग गरे । उनीहरु एक अर्काको साथमा समय बिताउन चाहन्थे । आपसमा कुरा गर्न चाहन्थे किनकि उनीहरुले आफूसँग भएको व्यक्तिलाई आकर्षक पाएका थिए र धेरै रेटिङ पनि दिएका थिए ।
ब्लाइन्ड डेटका क्रममा यी १७ प्रतिशत जोडीको मुटुको धड्कन एकसाथ बढ्थे त्यसपछि एकसाथ नियन्त्रित हुन्थे । उनीहरुको हत्केलामा पसिना अचानक बढ्थ्यो र अचानक कम हुन्थ्यो । यी जोडीहरु एक अर्काको आँखामा लगातार हेरिरहन्थे । मुस्कुराउँथे, हाँस्थे अनि प्रेमपूवृक ठोक्किन्थे वा हात समाउँथे । अर्थात जोडीमध्ये एकले कुनै शारीरिक वा व्यवहारिक क्रिया गर्दा त्यो अर्कोलाई मन पर्थ्यो । एलिस्का यसलाई फिजियोलोजिकल सिंक्रोनी भन्छिन् ।
एलिस्काका अनुसार यदि कसैलाई कोही पहिलो नजरमै मन परेको अवस्थामा मस्तिस्क अचेतन अवस्थातिर जान्छ । यस्तै फिजियोलोजिकल सिंकोनी कुनै आमा र बच्चामा पनि देखिन्छ जब उनीहरु एकसाथ खेलिरहेका हुन्छन् । दुवैको बीचमा गहिरो सम्बन्ध बनिरहेको हुन्छ । एलिस्काका अनुसार अहिलेसम्म यसको केही भाग मात्र बुझ्न सकिएको छ । यसले शारीरिक प्रक्रियालाई दर्शाउँछ । तर, मानसिक प्रक्रिया अझैसम्म कसैले बुझ्न सकेको छैन किनकि यो धेरै जटिल हुन्छ ।







डिसी नेपाल







Facebook Comment