खोप लगाएकाहरुलाई जहाँसुकै घुम्न छुट, खोप नलगाएकाहरुलाई लकडाउन

डिसी नेपाल
२९ कार्तिक २०७८ १४:४०
964
Shares

काठमाडौं। कोरोनाभाइरसविरुद्धको खोप लगाइसकेका मानिसहरु बाहिर घुम्न पाउने तर खोप नलगाएकाहरुका लागि भने लकडाउन लागू गर्ने निर्णय गरेर युरोपेली देश अष्ट्रिया चर्चामा आएको छ । जाडो मौसम सुरु भएसँगै युरोपमा कोरोनाभाइरस संक्रमणका केस बढेका छन् । यससँगै अष्ट्रियाले खोप नलगाउनेहरुका लागि मात्र लागू हुने गरी लकडाउन गरेको छ ।

अष्ट्रियामा खोप लगाइसकेकाहरु भने रेष्टुरेन्ट पनि जान पाउनेछन् । उनीहरु घरबाहिर होटलमा रात बिताउन पनि पाउनेछन् र उनीहरुले धेरै सुविधा पनि पाउनेछन् । तर, जसले खोप लगाएका छैनन् उनीहरु भने घरमै बस्नुपर्नेछ । खोप नलगाएकाहरुलाई बाहिरबाट अत्यावश्यक सामान ल्याउन र डाक्टरसँग भेट्न मात्र अनुमति हुनेछ । यहाँ हालै कोभिड–१९ को संक्रमण भएका र पूर्ण रुपमा स्वस्थ नभएका व्यक्तिहरु पनि लकडाउनमा बस्नुपर्नेछ ।

बीबीसीका अनुसार अष्ट्रियाका चान्सलर अलेक्जेन्डर शालेनबर्गले यी कडा नियमको घोषणा गरेका हुन् । आजदेखि लागू हुनेगरी अष्ट्रियामा सीमित व्यक्तिहरुको लागि लकडाउन लगाइएको छ । यहाँ बढ्दो केसहरुका बीच खोपलाई धेरै महत्व दिइएको छ । यहाँ खोप अभियानको स्थिति पनि राम्रो छ । यहाँ ६५ प्रतिशत जनतालाई खोप लगाइसकिएको छ । बालबालिकालाई खोप दिनेतर्फ पनि तीब्र रुपमा काम भइरहेको छ । शनिबार अष्ट्रियामा १३ हजार नयाँ केस थपिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *