मुटुरोग विशेषज्ञ डा. कोइराला र डा. भट्टराईको नेतृत्वमा पाल्पामा निःशुल्क शिविर आयोजना

डिसी नेपाल
२९ कार्तिक २०७८ १५:००

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा रहेको सेभ द हार्टको आयोजनामा पाल्पाको माथागढी गाउँपालिकामा आयोजित दुई दिने निःशुल्क मुटु परीक्षण तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ।

सेभ द हार्टका महासचिव शेरबहादुर रानाले दिएको जानकारीअनुसार उक्त शिविरमार्फत दुई हजार ७ सय ९५ भन्दा बढी नागरिकले सेवा लिएका छन्।

मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा सेभ द हार्ट र माथागढी गाउँपालिकाद्वारा आयोजित उक्त शिविरमा ४ सय २८ जनाको ईसिजी र ३ सय ८१ जनाको ईकोकार्डियोग्राफी गरिएको पनि रानाले जनाए ।
शुक्रबार र शनिबार दुई दिनसम्म सञ्चालन भएको शिविरमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा मुटुरोग विशेषज्ञ प्रा. डा भगवान कोइराला र मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पतालका एशोसिएट प्रोफेसर डा. अनिल भट्टराईको नेतृत्वमा गएको चिकित्सकको टोलीले मुटु परीक्षण गरेको हो ।

मुटु परीक्षण गराएकामध्ये ६० जनामा जटिल समस्या देखिएपछि काठमाडौँ ल्याईएको र तीमध्ये ४३ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको पनि रानाले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *